Hot News
मौन अवधी शुरु, मतदाता परिचयपत्र वितरण गरिदै ; स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा
Home > News > Political

नेपाली कांग्रेसको १३औं महाधिवेशन विहीबारदेखि राजधानीमा सुरु

Thursday, 03.03.2016, 09:35pm (GMT+6.5)    | Comment | Print | Tell friend

सुशीलको नेतृत्वमा बनायौं संविधान, समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान भन्ने नाराकासाथ नेपाली कांग्रेसको १३औं महाधिवेशन विहीबारदेखि राजधानीमा सुरु भएको छ । खुलामन्चमा आयोजित भव्य समारोहबीच महाधिवेशनको उद्घाटन गरिएको हो । उद्घाटन समारोहस्थल पार्टीको झन्डा, ब्यानर, उम्मेदवारका प्रचारका ब्यानर थियो ।

कार्यकर्ताहरु आ आफ्ना समर्थक नेताको नाराकासाथ सुन्धारा, भद्रकाली, शान्तिबाटिकालगायतका स्थानमा भेला भइ उद्घाटनस्थल पुगेका थिए ।

सबै निर्वाचन क्षेत्र, भातृसंस्था तथा विदेशस्थित जनसम्पर्क समितिहरुका ३ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि तथा अन्य हजारौं कार्यकर्ता तथा शुभचिन्तकहरुले खुलामन्च भरिएको थियो । 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top