Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Political

नेपाली कांग्रेसको १३ औं महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु

Thursday, 03.03.2016, 08:59am (GMT+6.5)    | Comment | Print | Tell friend

सुशीलको नेतृत्वमा बनायौं संविधान, समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान भन्ने मूल नाराका साथ नेपाली कांग्रेसको १३ औं महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ । दिउँसो १ बजे खुलामञ्चमा पार्टी कार्यबाहक सभापति रामचन्द्र पौडेलले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । चार दिनसम्म चल्ने महाधिवेशन झण्डै सात दशक लामो प्रजातान्त्रिक यात्रा तय गरेको कांग्रेसले साढे १ वर्ष ढिलो गर्न लागेको हो ।
महाधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेसले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र संसद बाहिर रहेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई पनि निमन्त्रणा गरेको छ ।
उद्घाटन कार्यक्रममा भाग लिन बिभिन्न देशका प्रतिनिधि पनि काठमाडौं आइसकेका छन् । महाधिवेशनले आउँदो चार वर्षका लागि नयाँ नेतृत्व चयनका साथै पार्टीको नीति तथा कार्यक्रम पनि टुंगो लगाउनेछ ।
महाधिवेशनको बन्दसत्र शुक्रबारदेखि भुकृटीमण्डपमा सुरु हुने र नीति तथा कार्यक्रम पनि पेश हुने कांग्रेसले जनाएको छ । उद्घाटनका लागि मञ्च ब्यवस्थापन, भोजन, अतिथि सत्कार, प्रचारप्रसार लगायतका काम सकिएको कांग्रेसले जनाएको छ ।
 नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि ५ जनाको उम्मेदवारी पर्ने भएको छ । कार्यवाहक सभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइरालाले बुधबार उम्मेदवारी घोषणा गर्नुभएको छ । 
बरिष्ठ नेता शेरबहादुर देउवाले बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्दै हुनुहुन्छ । उहाँले अर्जुन नरसिंह केसीलाई महामन्त्री र चित्रलेखा यादवलाई कोषाध्यक्ष सहित प्यानल घोषणाको तयारी गर्नुभएको हो । यस्तै नेता कुलबहादुर गुरुङले पनि सभापतिमा उम्मेदवारी दिने हुनुभएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार सभापतिका आकांक्षी पौडेल, सिटौला, सुजाता, देउवा र गुरुङ पाँचैजनाले उम्मेदवारी मनोयनपत्र लगिसकेका छन् । केन्द्रीय निर्वाचन समितिले बिहीबार बिहान ८ बजेदेखि शुक्रबार दिउँसो १२ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने जनाएको छ । 
आउँदो २३ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ नेतृत्वको लागि मतदान हुने कार्यक्रम छ । कांग्रेसमा सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुने व्यवस्था छ ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top