Hot News
मौन अवधी शुरु, मतदाता परिचयपत्र वितरण गरिदै ; स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा
Home > News > Political

कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिका आकांक्षीहरुले उम्मेदवारी घोषण गर्नेक्रम जारी

Wednesday, 03.02.2016, 05:13pm (GMT+6.5)    | Comment | Print | Tell friend

नेपाली कांग्रसको नयाँ नेतृत्वका लागि सभापतिका आकांक्षीहरुले उम्मेदवारी घोषण गर्नेक्रम जारी छ ।

संस्थापन पक्षबाट दुई र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबाट एक गरी तीनओटा प्यानलबीच प्रतिस्पर्धा हुने निश्चित भइसकेको अवस्थामा सुजाता कोइरालाले पनि सभापतिमै उम्मेदवारी घोषणा गरेकी छन् ।

संस्थापनबाट महामन्त्री कृष्णप्रसाद सिटौलाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । बुधबार अपराह्न राजधानीमा पत्रकार सम्मेलन गरी सिटौलाले कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सिटौलाको प्यानलबाट महामन्त्रीमा गगनकुमार थापा र कोषाध्यक्षमा उमाकान्त चौधरी रहेका छन् ।  कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले पनि अहिले केही बेरमा प्यानलसहित उम्मेदवारी घोषणा गर्दै छन् ।

पौडेलको प्यानलबाट महामन्त्रीमा बीपी कोइरालाका पुत्र शशांक कोइरालाले उम्मेदवारी दिने तय भएको छ । वरिष्ठ नेता देउवाले भने विहीबारमात्रै उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top