Hot News
उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै ; चितवनमा वाम र लोकतान्त्रिक गठबन्धनको सबै चुनाव प्रचार स्थगित
Home > News > Political

विवाद मिलाउँन आज पनि मोर्चा र प्रमुख दलबीच छलफलका हुने

Thursday, 02.18.2016, 09:43am (GMT+6.5)    | Comment | Print | Tell friend


सीमांकन विवाद सुल्झाउन आज पनि प्रमुद दल र मधेसी मोर्चाबीच छलफलको तयारी भइरहेको छ । पहिलो चरणमा कार्यदल तहमा र दोस्रो तहमा शीर्ष तहमा छलफल गर्ने तयारी छ । सीमांकनको कार्यविधीमा कुरा नमिलेकाले त्यसलाई मिलाउन कार्यदलले आज छलफल गर्नेछ ।  हिजो साँझ सिंहदरबारमा करिब एक घण्टा चलेको बैठकमा कार्यविधीमा विवाद भएकाले सहमति हुन सकेको थिएन । तीनदलले ‘तराई–मधेस, पहाड, हिमाललगायत देशका विभिन्न भौगोलिक क्षेत्रहरुमा देखिएको सीमांकन समस्या संयन्त्रले सम्बोधन गर्नेगरि प्रस्ताव गरेका छन् । मोर्चा कार्यदल सदस्यले भने प्रस्तावित संयन्त्रको कार्यविधी ‘मधेसमा दुई प्रदेश हुने गरी’ वाक्यांश लेखिनुपर्ने अडान दोहोर्याएको छ । आज त्यसको भाषामा सबैलाई चित्त बुझ्ने गरि मिलाउन प्रयास गर्ने सरकारी कार्यदलका सदस्यले बताएका छन् । आज बिहान ११ बजे फेरि कार्यदलको बैठक बोलाइएको छ ।
 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top