​सभामुखमा ओनसरी घर्ती सर्वसम्मत निर्वाचित

Friday, 10.16.2015, 09:37pm (GMT6.5)

    काठमाडौं, असोज २९, व्यवस्थापिका संसदको सभामुख पदमा एकीकृत नेकपा माओवादीकी ओनसरी घर्ती सर्वसम्मतले निर्वाचित हुनुभएको छ । घर्ती नेपालको इतिहासमै पहिलो महिला सभामुख बन्नुभएको छ । 

नेपाल मजदुर किसान पार्टीका तर्फबाट सभामुखमा उम्मेदवारी दिनुभएकी अनुराधा थापामगरको उम्मेदवारी फिर्ता लिएपछि घर्ती सर्वसम्मतले चुनिनुभएको हो । 

यस्तै उपसभामुखमा राप्रपा नेपालका गंगाप्रसाद यादव निर्विरोध निर्वाचित हुनु भएको छ । उपसभामुखमा नेमकिपाका डिल्लीप्रसाद काफ्लेले दिएको उम्मेदवारी फिर्ता गरेकाले यादव निर्विरोध निर्वाचित हुनु भएको हो ।  

bagaicha.com

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.