Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
Home > News > Political

नेपालको नयाँ संविधानलाई हङकङमा कतै दिप प्रज्वलन गरि स्वागत कतै जलाएर बिरोध

Monday, 09.21.2015, 08:59pm (GMT+6.5)    | Comment | Print | Tell friend

     

गजेन्द्र राई प्रतिनिधि बगैंचा डटकम

       २० सेप्टेम्बर २०१५, हङकङ । नेपालको राजनिति गतिविधि र त्यसको प्रत्येक्ष प्रभाव रहने हङकङेली नेपाली समाजमा नेपालको संविधान २०७२ को घोषणाले महत्वपूर्ण स्थान पाएको छ । उक्त घोषित नयाँ संविधानलाई हङकङमा रहेका समर्थक पक्षधर पार्टीका भातृ संगठनले नेपालको 'संविधान २०७२' लाई समर्थन गर्दै छुट्टाछुट्टै ठाँउमा भेला भएर दिप प्रज्वलन गरी खुशियाली मनाएका छन । यसरी दिपावली गरि नयां संविधानको स्वागत गर्नेहरूमा- नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति हङकङले जोर्डन स्थित भेटघाट रेष्टुरेण्टमा, नेकपा एमालेको भातृसंस्था नेपाली प्रवासी मञ्च हङकङले नमोबुद्ध क्लब जोर्डनमा र एकीकृत नेकपा माओवादी हङकङ शाखा तथा नेपाली जनप्रगतिशील मञ्च हङकङले भारतीय गोर्खा भूपू क्लब जोर्डनमा संयुक्तरुपमा दिप प्रज्वलन गरि 'संविधान २०७२' लाई स्वागत गरेका छन ।

त्यसैगरी नेपाल संघीय समाजवादी फोरमको भातृसंस्था समावेशी नेपाली समाज हङकङ, संघीय लिम्बूवान पार्टी, नेपाल आदिवासी जनजाति महांसघ लगाएतका पहिचानवादीहरुले जोर्डन पार्कमा एक बृहत भेला भई नेपालको नयां संविधान २०७२ लाई पहिचानवादीहरूले संविधान घोषणा भएको दिनलाई 'कालोदिन' घोषणा गर्दै नवघोषित संविधानलाई च्यातेर जलाएर विरोध जनाएका छन् ।

जोर्डन स्थित किङ जर्ज पार्कमा समावेशी नेपाली समाजइन्स, नेपाल आदिवासी जनजाति महासंघ हङकङ र संघीय लिम्बुवान पार्टी प्रवास समिति हङकङको संयुक्त आयोजनामा उपस्थित भेलाले नेपालको प्रतीकात्मक 'संबिधान २०७२' लाई बिरोध गर्दै च्यात्दै जलाइएको छ । कार्यक्रमको सुरूमा इन्सका कार्यवाहक अध्यक्ष हेजेन राईले विज्ञप्ति वाचन गरेर सुनाएका थिए ।

विज्ञप्तिमा भनिएकोछ- "विश्वभर रहेका नेपालीको युगौंदेखिको चाहना संविधानसभाबाट पारित संविधान आज प्रतिक्रान्तिको साधन बनिएको छ । २०६२-६३ सालको जनक्रान्ति, १० वर्षे जनयुद्ध, मधेश जनविद्रोह, आदिवासी जनजाति, खस, शिल्पी-दलित, मुस्लिम, महिला समुदायहरू र मजदुर, किसान लगायत उत्पीडित वर्गले गरेको सङ्घर्ष एवम् क्रान्तिको जनादेश तथा आन्देलनका बेला गरिएको सम्झौता र सहमतिलाई तोडेर संविधान सभाले संविधान पारित गरेको छ । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्ष र विद्रोहबाट प्राप्त युगान्तकारी परिवर्तनका उपलब्धिहरू समाप्त गरेको छ । सम्पूर्ण नेपाली जनताले उत्सवको रुपमा लिनु पर्ने संविधान घोषणा सुरक्षाकर्मीको घेराभित्र भइरहेको छ । संविधान घोषणाको लागि मुलुकमा कर्फ्यू लागू गरिएको छ भने सेना परिचालन गरिएको छ" भनि जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

कार्यक्रमको अन्तमा अध्यक्ष राई, जनजाति महासंघका अध्यक्ष मैनबहादुर थापा मगर र लिम्बुवान पार्टीका सचिव जहरमान लिम्बूले संयुक्त रुपमा प्रतिकात्मक संविधानको प्रतीक जलाएका थिए। कार्यक्रममा सहभागीहरुले विरोधको रुपमा कालो झण्डा प्रदर्शन गरेका थिए ।


bagaicha.con

Hot News

 

SEARCH

Newsletter

Top