Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
Home > News > Political

लिम्बु पत्रकार संघद्धारा पत्रकारिता तालिम प्रदान

Saturday, 08.08.2015, 11:03am (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाण्डौं, साउन २२
पत्रकारिताबारे लिम्बु युवा युवतिहरुलाई अभिमुखिकण गर्न लिम्बु पत्रकार संघ उपत्यका शाखाले काठमाडौंमा आधारभूत पत्रकारिता तालिम प्रदान गरेको छ । भर्खरै उपत्यका शाखाको रुपमा गठित संघको संयोजनमा आजदेखि २ दिनसम्म चल्ने तालिममा पत्रकारिता आधारभूत तर विशेष समाचार लेखनको तालिम प्रदान गर्ने कार्यसूची रहेको छ ।

तालिमको उदघाटनका अवसरमा बक्ताहरुले देशको चौथो दर्विलो अंगको रुपमा रहेको सञ्चारजगतमा आदिवासी जनजातिहरुको पहुँचको आवश्यकता औल्याउनुभएको र जसको लागि यस प्रकारको तालिमहरुको महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गर्नुभएको थियो । तालिमका विषयहरु आधारभूत रुपमा आम सञ्चार र त्यसका प्रभावकारिता, पत्रकारिता के हो र किन गर्ने, पत्रकार बन्न के गर्नु पर्छ, समाचारका स्रोतहरु कसरी खोज्ने, समाचार के हो, के होइन ? पत्रकारिताको परिभाषा, आधारभूत तत्व, संरचना प्रकार, प्रयोगात्मक अभ्यास, लेखनमा आवश्यक विधिहरु, अन्तर्वाता, लेख्दा ख्याल गर्नुपर्ने कुराहरु, भाषिक सुद्धता र स्तरिय लेखनको विकास, पत्रकारिताको आचारसंहिता इत्यादी सम्वन्धी थिए । उक्त तालिममा राजकुमार दिक्पाल, कमन देवान, रोषन सावा, सेन्छेलुङ्ग पतङवाले प्रशिक्षण दिएका थिए । लिम्वू पत्रकार संघ उपत्यकाका अध्यक्ष भिमहाङ थाङदेन, प्रमुख अतिथि कियाचु केन्द्रीय अध्यक्ष उत्तमसिं थाङदेन, विशेष अतिथि दण्ड गुरुङ (अध्यक्ष नेपाल आजप महासंघ), प्रेम येक्तेन (कियाचु केन्द्रीय महासचिव) अतिथिहरु मिलन लिम्वु, देवेन्द्र खापुङ, कमन देवान, लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि थाङदेनले च्याबु्रङ वजाएर कार्यक्रम उद्घाटन गरेका थिए । प्रमुख, विशेष र अन्य अतिथिहरुले शुभकानाका साथमा आफ्नो मन्तव्य राखेका थिए ।

पहिलो चरणको कार्यक्रमको संचालन संघका कोषाध्यक्ष रेश्मा सम्वाहाङफे, स्वागत मन्तव्य सचिव एम पी सुव्बा र समापन अध्यक्ष भिमहाङ थाङदेनले गरेका थिए । उक्त तालिमको दोस्रो दिनका प्रमुख अतिथि राजकुमार दिक्पाल लगायतले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै आगामी दिनमा अझ प्रगतिको कामना समेत गरेका थिए । सो कार्यक्रमको संचालन सदस्य महेश लिम्वु, धन्यवाद ज्ञापन संघका उपाध्यक्ष सुक तुम्रोकले दिए भने अन्त्यमा अध्यक्ष भिमहाङ थाङदेनले आगामी दिनमा अझै क्रियाशील कार्यक्रमहरु आयोजना गर्दै जाने भनाइका साथ कार्यक्रमको समापन गरेका थिए ।


कल्पना तुम्रोक

Hot News

 

SEARCH

Newsletter

Top