Hot News
हङकङको ताईमोसानमा साकेला सोईढोले सोई, ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; किरातीहरूले कतारमा उभौली पर्व भव्यताका साथ मनाए ; एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने,
Home > News > Political

फुटेको लिम्बु विद्यार्थी मञ्च जोडियो

Sunday, 07.26.2015, 11:36pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ ९ सावन
एक वर्ष अगाडिदेखि दुई चिरा भई वेग्लावेग्लै गतिविधि सञ्चालन गर्दै आएका लिम्बु विद्यार्थी मञ्चको तुम्याहानहरुको उपस्थितिमा एकिकरण भएको छ ।  एउटै उद्देश्य र एउटै नाम राखी विचारबाट नभई पदको कारणले फुटेकोमा यस्तो पवृत्तिलाई निरुत्साहित गर्न किरात याक्थुन चुम्लुनको संस्थागत सहजीकरणमा उनीहरु एक भएका हुन ।

 परिवर्तनको संवाहकको अग्रपंक्तिमा भूमिका निर्वाह गर्नुपर्ने युवा विद्यार्थी शक्ति टुटफुटको महत्वकाँक्षाबाट प्रेरित भएपछि चुम्लुनले सचिव यमचन्द्र चेम्जोनको संयोजकत्वमा गोविन्द आङबुङ र यासेली योङयाङ, सहज कर्ता राम मादेन सदस्य रहेको विद्यार्थी मञ्च विवाद समाधान समिति निर्माण गरेको थियो ।

यासेली योङयाङले सन्चालन गरेको उक्त कार्यक्रम लाई स्वागत मन्तब्य गोबिन्द आङबुहाङले दिएकाथिए। वक्ताहरु प्रमुख अतिति पुर्व सिडियो मञ्जुल याक्थुम्बा, याहाङ लावोति सस्थापक अध्यक्ष खगेन्द्र याक्को थिएभने कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहेको कियाचु केन्द्रिय उपाध्यक्ष लिला सिङगकले आफ्नो मन्तब्यको साथमा कार्यक्रम समापन गरिन ।


कल्पना तुम्रोक

Hot News

 

SEARCH

Newsletter

Top