Hot News
किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो ; माघे संक्रान्तीलाई हङकङबासी मगरहरुले विशेष रुपले मनाए ; मिक्स्ड डबल्सको ट्रफी बिकाश र सरिनालाई, ; महाअभियोग लगायो भने कार्की भविश्यका लागि पनि अयोग्य घोषित हुनेछन् ; थाहै नदिई पिल्लर गाडेर भारतले जमिन अतिक्रमण गरेको हो
Home > News > Political

नेपालको संबिधान २०७२ को प्रारम्भिक मस्यौदा माथी रामेछापमा दुइ दिने सुझाव संकलन कार्य सम्पन्न

Thursday, 07.23.2015, 09:06pm (GMT+6.5)    | Comment | Print | Tell friend

अमृत सुनुवार

२२ जुलाई २०१५, नेपालको संबिधान २०७२ को प्रारम्भिक मस्यौदा माथी रामेछापमा दुइ दिने सुझाव संकलन कार्य शान्तिपूर्ण रुपले सम्पन्न भएको छ । संबिधान सभाबाट श्रावन ४ र ५ गते आ-आफ्नो जिल्लामा प्रारम्भिक मस्यौदा माथी छलफलको लागी सभासदहरुलाई पर्ठाईएको थियो । प्रारम्भिक मस्यौदा माथी छलफल भईरहदा अधिकाशं सहभागीले यो मस्यौदाले समग्र नेपाली जनतालाई समेट्न नसकेको गुनाशो राखेका थिए ।

आफ्नो बिचार राख्ने क्रममा नेपाल पत्रकार महासंघ रामेछाप शाखाका निबर्तमान अध्यक्ष टिका प्रसाद भट्टले यो मस्यौदा मस्यौदाको रुपमा नभई मस्यौराको रुपमा आएको बताएका थिए । सभासद् आङटावा शेर्पा, श्याम कुमार श्रेष्ठ, र कमला सुबेदी सहभागी रहेको कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि मस्यौदा माथी अधिकाशं सहभागीहरुले बिगतमा भएका आन्दोलनका उपलब्धी, सहमती सम्झौताहरु समाबिष्ट नगरिएको भन्दै असन्तुष्ट पोखेका थिए ।

क्षेत्र नं. १ को रामेछाप नगरपालिका र क्षेत्र नं. २ को सदरमुकाम मन्थली नगरपालिकामा सुझाव संकलन कार्यक्रम राखिएको थियो । सहभागीहरुले समयमा मस्यौदा नपाएको पनि गुनासो गरेका थिए ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top