Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > Political

अादिवासी प्रतिष्ठान राज्यको दर्विलो संस्थाको रुपमा स्थापित गर्न अपरिहार्य : उपप्रधानमन्त्री

Friday, 07.03.2015, 12:56am (GMT+6.5)    | Comment | Print | Tell friend

उत्पीडनमा पारिएका आदिवासी जनजातिको विकास, उत्थान, संरक्षण र सर्म्वर्द्धन गर्दै मुलुकमा दिगो शान्ति र स्थायित्व कायम गर्न प्रतिष्ठान दर्विलो हुनुपर्दछ । प्रतिष्ठानको १४औं सञ्चालक परिषदको उद्घाटनको अवसरमा  सभापतिको आसनबाट बोल्दै प्रतिष्ठानको सहअध्यक्ष समेत रहेका संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकासमानसिंले उक्त विचार व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा ४ वर्षम्म प्रतिष्ठानको नेतृत्व सम्हालेका उपाध्यक्ष झक वहादुर थापामगरले कार्यकालको अन्तिम घडीमा आदिवासी जनजातिको उत्थानमा गरिएका महत्वपूर्ण उपलव्धीका रुपमा रहेका पहिचानसंग सम्वन्धित मातृभाषाका पुस्तकहरुको प्रकाशन, आइएलओ महासन्धी १६९ को कार्यान्वयन, लोकसेवा तयारी कक्षा, आदिवासी जनजाति सूचिकरण, नियम विनियमहरुको समयानुकुल संशोधनलगायतका विषयहरुमा चर्चा गर्नुभएको थियो ।

परिषद बैठकको शुभकामना मन्तव्यका क्रममा आदिवासी जनजाति राष्ट्रिय महिला महासंघकी अध्यक्ष शान्ति जिरेलले महिलाको कुरा गर्दा मधेसी, दलित, मुश्लिम, पहाडिया उच्च जात र आदिवासी जनजाति महिला भनेर नछुट्याएसम्म मुद्दाको समाधानको साटो झनै विकराल हुने विचार व्यक्त गर्नुभएको थियो । आदिवासी जनजाति नेताहरुले आफुलाई सिध्याएर भए पनि व्यक्तिगत रुपमा आफ्नो दुनो सोझ्याउन अरुको चाकडी गरिरहेको र ब्राहण क्षेत्रीले अरुलाई उपयोग गरिरहेको कुरा महासंघका पुर्व अध्यक्ष राजकुमार लेखिले बताउनुभयो । अर्का वक्ता नेकपा एमालेका सचिव भीम आचार्यले संविधान अपरिवर्तनीय नहुने हुनाले संयमित भई संविधान निर्माण गर्न सहयोग गर्नुपर्ने र जातीय सद्भाव कायम गर्न सबै आदिवासी जनजातिहरुलाई आग्रह गर्नुभयो ।

मुलुकमा प्रजातन्त्र, दिगो विकासको सर्न्दर्भ समानुपातिक र समावेशी चरित्रको राजनीतिक विचारले मात्र सम्भव हुने संघीय समाजवादी फोरमका उपाध्यक्ष रकम चेम्जोनले जिकिर गर्नुभयो । लोकतन्त्र र प्रजातन्त्रको नाराले मात्र मुलुकमा परिवर्तन नहुने र वास्तविकतामा उभिनु सकेमा मात्र र्सबपक्षिय हित हुने कुरा एनेकपा माओवादीका सचिव वर्षान पुनले बताउनुभयो ।

आजदेखि काठमाडौंमा शुरु भएको प्रतिष्ठानको बैठक भोलिसम्म चल्नेछ । यसबाट प्रतिष्ठानको पदाधिकारीहरु चयनको सिफारिस समिति र भूकम्पबाट प्रभावित आदिवासी जनजातिहरुको विकासको लागि नीतिगत निर्णय लिने अपेक्षा गरिएको छ ।


कल्पना तुम्रोक

Hot News

 

SEARCH

Newsletter

Top