आमहड्तालका कार्यक्रम फिर्ता

Tuesday, 04.07.2015, 09:34pm (GMT6.5)

काठमाडौँ, २४ चैत ०७१

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले भोलि र पर्सिको आमहड्ताल फिर्ता लिएको छ। मंगलबार पहिलो दिनका आमहड्तालको समीक्षा गर्न आज साँझ सिंहदरबारमा बसेको मोर्चाको बैठकले आमहड्ताल फिर्ता लिने निर्णय गरेको हो ।सरकारले ३० गतेका लागि कार्यसूची बिनै संविधानसभाको बैठक बोलाएकाले भोलि र पर्सिको आन्दोलन कार्यक्रम परिमार्जन गरिएको बैठकपछि एक नेताले जानकारी गराए। बैठकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आमहड्ताल फिर्ता लिने प्रस्ताव गरेका थिए। उद्योग बाणिज्य महासंघको टोलीले विपक्षी मोर्चा संयोजक एवम एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर बन्द फिर्ता लिन आग्रहका थिए। दाहाल निवास पुगेको टोलीले बन्दका कारण निजी क्षेत्रले ठूलो घाटा व्यहोर्नुपरेको भन्दै यस्तो आग्रह गरेको थियो । मोर्चाको पुन: बैठक पर्सि २६ गते बसेर कसरी अघि बढ्ने भन्ने सम्बन्धमा निर्णय लिइने पनि बैठकमा नेताहरूबीच सहमति भएको छ । 

नितेश सुनुवार

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.