Hot News
पशुपतिमा १३ लाख भक्तजनले दर्शन गर्ने ; टीका रानाको अगुवाईमा स्काई म्याराथन धाविकाहरु सङ्ग भेटघाट तथा बिदाई कार्यक्रम , ; प्रमुख तीन दल नेपाली कांग्रेस, एमाओवादी र एमालेका शीर्ष नेताबीच बैठक ; राजधानीको सबैभन्दा व्यस्त रहने न्यूरोडमा फिल्मी शैलीमा अपहरण र लुटपाट भएको छ ; स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता लिन सरकारसमक्ष माग गरेका हुन् ।
Home > News > Political

३० दलीय मोर्चकाे आमहड्ताल सहितको आन्दोलन घोषणा

Tuesday, 03.17.2015, 12:06am (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, २ चैत्र ०७१

सत्तारुढ दल गम्भीर नभएको भन्दै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आमहड्ताल सहितको आन्दोलन घोषणा गरेको छ । मोर्चाको आईतबार बसेको बैठकले आन्दोलनलार्इ निरन्तरता दिने निर्णय गरेको हो । मोर्चाले दोस्रो चरणको आन्दोलनमा सभा,प्रदर्शन, बहिष्कार, धर्ना, घेराउ सहित नेपाल बन्द र आमहड्ताल सम्मको कार्यक्रम राखिएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पत्रकार सम्मेलन गरी आन्दोलनलार्इ कार्यक्रम सार्वजनिक गरेका छन् । यस्ताे छ आन्दोलनको कार्यक्रमः

चैत्र ५ गतेः प्रत्येक जिल्लामा आन्दोलन तयारीका लागि ३० दलीय मोर्चाको बैठक

चैत्र ८:  सबे जिल्ला सदरमुकाममा महिलामाथिको हिंसा, कालोबजारी, मँहगाई, लोडसेडिङ, भ्रष्टाचारको बिरोध गर्दै सहमतिमा संविधानका लागि प्रदर्शन ।

चैत्र ११:  प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरु सहभागी सार्वजनिक कार्यक्रममा कालो झण्डा प्रदर्शन, बहिष्कार र अवरोधको कार्यक्रम सुरू गर्ने ।

चैत्र १५ : सदरमुकाममा लाठी जुलुस

चैत्र १६, १७ र १८: जिल्ला प्रशासन र अन्य सरकारी कार्यालय घेराउ

चैत्र १८ गतेः साँझ सबै सदरमुकाममा मसाल जुलुस ।

चैत्र १९ गते : देशभर आमहड्ताल

चैत्र २०-२३: राजस्व र कर असुलीका साथै सरकारी कार्यालय बन्द गराउने, नाकाबन्दी गर्ने

चैत्र २३ गतेः साँझ मसाल जुलु

चैत्र २४,२५ र २६ गतेः देशभर आमहड्ताल


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top