वाईसीएलद्वारा काठमाडौंमा 'युवा मार्च पास'

Tuesday, 02.24.2015, 10:45pm (GMT6.5)

काठमाडौ, १२ फाल्गुन ०७१   

राजधानीमा फागुन-१६ गते बिरोधसभाको तयारी थालेको एमाओवादीले आज मंगलबार वाईसीएलले काठमाडौंमा शक्ति प्रदर्शन गर्न 'युवा मार्च पास' गरेको छ । 'हामी सशक्त हिसाले आउँदैछौं भन्ने संकेत दिन युवा मार्चपास गरिएको हो,' वाईसीएल अध्यक्ष गणेशमान पुनले भन्नु भयो -'यो,१६ गते कार्यक्रमको तयारी पनि हो ।' उनले मुलुकका सबै शहरी क्षेत्रमा मार्च पास गरिएको उहाँको भनार्इ थियो ।वाईसीएल स्वंय सेवक लेखिएको रातो टोपी र हातमा बाँसको लठी लिएर युवाहरुले सहरमा मार्च पास गरेका थिए । मार्चपासका लागि बाइसीएलले ५ हजार टोपी र ६५ सय लाठी जम्मा पारेको थियो भृकुटीमण्डपबाट सुरु भएको युवा मार्चपास शहीदगेट, सुन्धरा, जमल, दरवारमार्ग हुँदै पुनः भृकुटीमण्डपमै आएर टुङ्गएिको थियो ।

नितेश सुनुवार

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.