कांग्रेसमा सुजातासहित विद्रोही र बागीको कारबाही फिर्ता

Monday, 02.23.2015, 11:59pm (GMT6.5)

काठमाडौ, ११ फागुन ०७१

नेपाली कांग्रेसले संविधानसभा निर्वाचनमा आफ्नो उम्मेदवारलाई हराउन लागेको अभियोगमा अनुशासनको कारवाहीमा परेका केन्द्रीय सदस्य एवं सभासद सुजाता कोइराला सहित अधिकांशको कारवाही फुकुवा गरेको छ । पार्टी केन्द्रीय समितिको जारी बैठकले उक्त निर्णय गरेको हो ।पार्टीको १३ औं महाधिवेशनका लागि सक्रिय सदस्यता नविकरण गर्ने समय सकिनु केही अघि सोमबार बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले अनुशासन समितिले दिएको कारबाहीको सिफारिस उपर निर्णय गर्दै यस्तो निर्णय गरेको हो।गत निर्वाचनमा पार्टी उम्मेदवार विरुद्ध विद्रोह गरी उम्मेदवारी दिने, उनीहरुको उम्मेदवारीमा प्रस्तावक र समर्थक बस्ने, बाहेक आधिकारिक उम्मेदवारको विरुद्धमा मत माग्ने र मत खसाल्ने करिब १ सय ८० भन्दा बढी पार्टी नेतादेखि कार्यकर्तासम्मलाई कसुरको मात्रा हेरी कारबाही गर्न अनुशासन समितिले सिफारिस गरेको थियो।अनुशासन समितिले केन्द्रीय सदस्य सुजाता कोइराला, राजन पन्तदेखि पार्टी सभापति सुशील कोइराला विरुद्ध चितवन क्षेत्र नं ४ मा विद्रोही उम्मेदवारी दिने विकास कोइराला, काठमाडौं क्षेत्र नं ४ मा गगन थापा विरुद्ध उम्मेदवारी दिने सुप्रभा घिमिरे लगायतका नेता कार्यकर्तालाई कारबाहीको सिफारिस गरेको थियो।

 

नितेश सुनुवार

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.