Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
Home > News > Political

संघीयता, धर्म निरपेक्षता, गणतन्त्र समावेसिताको विरोध गर्नहरू एकदिन पनि नटिक्ने: प्रचण्ड

Friday, 02.13.2015, 05:36pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, फाल्गुन ०७१

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संघीयता, धर्म निरपेक्षता, गणतन्त्र समावेसिताको विरोध गर्नहरू एक दिन पनि टिक्न नस्कने बताउनु भएकोछ ।२० औं जनयुद्धक दिवसको अवसरमा शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा दाहालले यस्तो बताउनु भएको हो ।कार्यक्रमा उहाँले भन्नु भयो संघीयता, धर्म निरपेक्षता, गणतन्त्र समावेसिताको विरोध गरेर देखाउँन त ! एक दिन पनि टिक्न सक्दैनन् उनीहरु नेपालमा,’ कांग्रेस-एमालेले बेइमानी ढंगले उक्त मुद्दाहरु खोस्ने चालबाजी गरेको दाहालको आरोप लगाउनु भयो l ‘यी मुद्दाहरु हाम्रा हुन् भनेर ठूलो मान्छे भईन्छ ? इतिहास र जनताले पत्याउँछ त्यो कुरालाई? दाहालले विद्रोह, क्रान्ति र आन्दोलनबाट अगाडि बढ्न कार्यकर्तालाई आहृवान समेत गर्नु भयो । 'अब सकियो भनेर रोएर हुँदैन । विगतमा कमजोरी भयो भनेर गल्तीबाट सिक्नुपर्छ । विगतमा के भयो भन्ने होइन अब के गर्ने भन्ने हो,' उहाँले कार्यकर्तालाई भन्नु भयो, 'विद्रोह, आन्दोलन र क्रान्तिबाट अघि बढौं ।'  फागुन १६ गते माओवादीले गर्ने भनेको सभा साधारण र औपचारिक सभा नहुने भन्दै दाहालले भन्नु भयो, ‘उक्त सभामा राम्रो प्रदर्शन गर्न सक्यौं भने राजनीतिक कोर्स हाम्रै बाटोमा आउने छ।' प्रचण्डका अनुसार उक्त सभामा मानिसको उपस्थिति कमजोर भयो भने देश प्रतिक्रान्तिको बाटोमा जाने छ।' उक्त सभामा सबै मोर्चा र संगठन परिचालन गर्ने उहाँले बताउनु भयो। हामी होजो पनि मृत्यु हत्केलामा राखेर हिंडेका मान्छे, हामी कोहि तर्संने वाला छैनौ।' उहाँले माओवादी माघ ८ पछि ब्युझिएको भन्दै जस्तोसुकै त्याग बलिदान गर्न तयार रहेको बताउँनु भयो ।'दाहालले भन्नु भयो, 'प्रचण्ड-बाबुराम बिग्रेर सिद्धिए पनि माओवादी आन्दोलन चिहानबाट निस्केर आउँछ ।

अलग अलग कार्यक्रम

जनयुद्ध दिवसका अवसरमा माओवादीका विभिन्न घटकले शुक्रबार अलग अलग कार्यक्रम गरेका छन् ।दाहाल नेतृत्वको एमाओवादीले पार्टी कार्यालय पेरिसडाँडामा कार्यक्रम गरेको छ भने वैद्य नेतृत्वको माओवादीले वसन्तपुरमा, चन्द नेतृत्वको माओवादीले राष्ट्रिय नाचघर तथा मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले बानेश्वरस्थित एक पार्टी प्यालेसमा कार्यक्रम गरेको छ ।


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top