Hot News
सङ्गीतकार दिव्य खालिङको ११ औं स्मृति कार्यक्रम ; ओखलढुंगा एकता सेवा समाज मलेशियाको दोस्रो अधिवेशन सम्पन्न ; साढे ५ वर्षपछि चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने भारतबाट पक्राउ ; फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु
Home > News > Political

सभाध्यक्षले घोषणा फिर्ता नलिएसम्म वार्ताको वातावरण बन्न नसक्ने विपक्षीको भनाई

Tuesday, 01.27.2015, 09:36pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, १३ माघ २०७१

एमाओवादी सहितको विपक्षी गठबन्धनले सरकारलाई समर्थन गर्ने १२ दलको भाषा धम्कीपूर्ण भएको उल्लेख गर्दै त्यसले वार्ताको वातावरण बनाउन नसक्ने जनाएको छ  । एमाओवादी महासचिव कृष्णबहादुर महराले भन्नु भयो 'सत्तारुढ दलले निकालेको संयुक्त वक्तव्यको भाषा धम्कीपूर्ण छ, यसले वार्ताको वातावरण बन्दैन,सभाध्यक्ष नेम्वाङले प्रक्रियामा जान भनी गरेको घोषणा खारेज नगरेसम्म वार्तामा जानुको औचित्य हुँदैन ।' उहाँले कांग्रेस, एमालेलगायत १० दलको बक्तब्यमा बिपक्षीको चासो र सरोकारलाई पूरै बेवास्ता गरिएको उहाँको भनाई थियो  ।मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कही दिनअघि वार्ता नगर्ने घोषणा गरेको कांग्रेस, एमालेले संवाद गर्ने खाँचो किन पर्‍यो ? भनेर प्रश्न गर्नु भयो । 'वार्ताको वातावरण बनाउन संविधानसभामा भएको कदम खारेज हुनुपर्‍यो, विगतका सहमति, सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता गर्नुपर्‍यो,' उहाँले भन्नु भयो, 'यो अवस्थामा विश्वासको वातावरण बन्न सक्दैन ।' विपक्षी मोर्चाले सोमबार चैतसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top