Hot News
क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित
Home > News > Political

विजय सुब्बासहितका नेता एमालेमै फर्कने

Wednesday, 08.13.2014, 11:13pm (GMT+6.5)    | Comment | Print | Tell friend

२८ श्रावण, काठमाडौं

संघीय समाजवादी पार्टीका बरिष्ठ उपाध्यक्ष विजय सुब्बासहितका दुई दर्जन नेता कार्यकर्ता एमालेमै फर्कने भएका छन् ।पार्टीमा फर्कने नेता कार्यकर्ताको स्वागतका लागि एमालेले बिहीबार दिउँसो पार्टी मुख्यालय बल्खुमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ। नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम छ ।सुब्बासहित संघीय समाजवादी पार्टीका सचिव मीना गुरुङ, केन्द्रीय सदस्य चन्द्रलाल केप्छाकीसहितका नेता-कार्यकर्ताहरु एमालेमा फर्कने कार्यक्रम रहेको बुझिएको छ ।सुब्बासहितका केन्द्रीय नेताहरुले दुई दिनअघिमात्रै पार्टी परित्याग गरेका थिए । सुब्बा संघीय समाजवादी पार्टी गठनका लागि विशेष भूमिका खेल्ने प्रमुख योजनाकार हुन् । उनी पार्टी प्रवक्ता थिए ।पार्टी निर्णयबिना नै अध्यक्ष अशोककुमार राई आफैं सभासद् भएपछि सुब्बासहितका नेताहरु असन्तुष्ट थिए ।उपाध्यक्ष गोपाल ठाकुर, स्थायी कमिटी सदस्य योगीलाल यादव, पोलिट्ब्यूरो सदस्य मझीलाल थारु थनेत, केन्द्रीय सदस्य अनिल मिश्रले यसअघि नै पार्टी परित्याग गरिसकेका छन् । तीमध्ये थारु एमालेमा फर्किसकेका छन् ।एमालेका अधिकांश नेता कार्यकर्ताले पार्टी परित्याग गर्दै ०६९ साल मंसिर ७ गते संघीय समाजवादी पार्टी गठन गरेका थिए ।दोस्रो संविधानसभा निर्वाचनमा संघीय समाजवादी पार्टीले पाँच समानुपातिक सिट सुरक्षित गरेको थियो ।


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top