कार्यदिशा नसच्याएसम्म पार्टी एकता असम्भव: वैद्य

Thursday, 03.13.2014, 10:12pm (GMT6.5)

फाल्गुन २९, काठमाडौं

नेकपा-माओवादीले एमाओवादीले कार्यदिशा नसच्याएसम्म पार्टी एकता सम्भव नभएको स्पष्ट पारेको छ ।आज पार्टी कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष मोहन वैद्यले पार्टी एकता तत्काल सम्भव नभएको बताउनु भएको छ'पार्टी एकताको विषयमा कार्यदिशा मिलेको छैन । तत्काल सम्भावना छैन । तर, कार्यदिशा सच्याए एकता हुन सक्छ,' उनले भने, 'लामो समय (एकताका लागि) लिन सक्छ ।'वैद्यले पार्टी एकता तत्कालै सम्भव नभए पनि साझा स्वार्थमा कार्यगत एकता हुने बताउनु भयो । द्वन्द्वकालिन मुद्दा ब्यूँताएर नेता कार्यकर्तामाथि भएको धरपकडले दुवै पार्टीलाई एक ठाउँमा ल्याएको उहाँको भनाई छ ।वैद्यले संविधानसभाबाट जनताको संविधान बन्न नसक्ने ठोकुवा गर्दै एमाओवादी पनि त्यसमा सहमत रहेको बताउनु भयो । 

सुनुवार नितेश

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.