Hot News
लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित ; हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख
Home > News > Political

एमालेले समानुपातिकतर्फ सभासदको सूची आयोगमा बुझायो

Saturday, 12.28.2013, 04:09pm (GMT+6.5)    | Comment | Print | Tell friend

पुस १३, काठमाडौं

नेकपा एमालेले समानुपातिकतर्फबाट सभासद बनाइएकाहरुको सूची शनिबार दिउँसो निर्वाचन आयोगमा बुझाएको छ ।हिजो नेकपा एमालेले समानुपातिकतर्फको विजयी ८४ उम्मेदवारका उम्मेदवारको नाम छनोट गरेको थियो । तीन दिन लगातार गोकर्ण फरेस्ट रिसोर्टमा बसेको स्थायी कमिटीको बैठकले शुक्रबार साँझ नामवलीको अन्तिम छनोट गरेको हो ।एमाले समानुपातिक सुचि बुझाउने पहिलो पार्टी हो ।

समानुपातिकमा अमृत बोहोरा, भरतमोहन अधिकारी, युवराज ज्ञवाली, केशव बडाल, पशुपति चौलागाई, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, भिष्म अधिकारी, केदार सन्जेल, धनबहादुर रायमाझी, निर्मल सुवेदी, मनकुमार गौतम, तुलाराम विष्ट र बलबहादुर महत, महिलातर्फ उपाध्यक्ष विद्या भण्डारी, पोलिटब्युरोहरु सदस्य अष्टलक्ष्मी शाक्य, श्रीमाया थकाली, केन्द्रीय सदस्यहरु गैरा प्रसाई, गौरी ओली, सुशीला नेपाल, टुका हमाल, गरिमा शाह, ममता गिरी, महिन लिम्बु, कमलादेवी महतो, शान्ता मानवी, जीवनकुमारी घिमिरे, कमला सुवेदी, कल्पना शर्मा, बसुन्धारा रोकाय, रिता रावल, लिला मगर, दिलशोभा पुन, सिन्धु जलेसा (बुढाथोकी), नरदेवी पुनमगर, प्रभादेवी बज्राचार्य, तारा राई, सकुन्तला राजभण्डारी(कार्की), मधु गुरुङ, पेम्बा लामा, रञ्जु झा, आशा यादव, मिनादेवी यादव, सविया प्रविन, अनारकली मिया, रञ्जना सरकार, राज्यलक्ष्मी गोल्छा, दुलारी देवी, शारदा कुमारी विश्वकर्मा, टेकु नेपाली, ज्ञानुदेवी गैरे र शिवकुमारी गोतामे,,नागेन्द्र चौधरी, धर्मनाथप्रसाद, बंशीधर मिश्र, सत्यनारायण मण्डल र रामचन्द्र साह तेली, कृपाराम राना, विश्रामप्रसाद चौधरी, रञ्जना माझी, रावनी चौधरी, अम्बिका चौधरी, अदित्यनारायण कसौधन, हरिबहादुर राजबंशी र जुनैद अन्सारी,सिद्धिलाल सिंह, पोलिटब्युरा सदस्य गंगालाल तुलाधार, केन्द्रीय सदस्यहरु ज्ञानबहादुर भुजेल, बिनोद श्रेष्ठ, गोकुल घर्ती र तुलबहादुर गुरुङ, डा.गणेशमान गुरुङ, छेवाङ तेन्जेन तामाङ, नरबहादुर थापा, तुलबहादुर गुरुङ, हर्कबोल राई, महेन्द्र शेरचन र इच्छाबहादुर एमालेले आज शनिबार नै निर्वाचन आयोगमा सूची पठाएको छ ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top