Hot News
हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख ; उच्च शिक्षा कोषका लागि धरानमा साँस्कृतिक कार्यक्रम हुदै ; आइपुगे नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी ; हङकङका तीन संस्थाले गरे विद्यालयलार्इ भवन हस्तान्तरण
Home > News > Political

एमाओवादीका सभासद् छनोट गर्ने जिम्मा केन्द्रीय समितिलाई

Friday, 12.27.2013, 10:26pm (GMT+6.5)    | Comment | Print | Tell friend

पुस १२, काठमाडौ

एमाओवादीले समानुपातिकतर्फको सभासद् छनोट गर्ने जिम्मेवारी केन्द्रीय समितिलाई दिएको ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको केन्द्रीय कार्यालय पूर्व पोलिटब्युरो सदस्यहरुको बैठकले सभासद् छनोटको जिम्मा केन्द्रीय समितिलाई दिएको हो ।बैठकले सभासद् छनोटको कार्यविधि भने तय गरेको कार्यविधिमा जनयुद्धमा विशेष योगदान गरेको, घाइते तथा अपाङ्ग योद्वा, सहिद परिवार, पार्टीको एजेन्डालाई प्रस्टसँग राख्नसक्ने राजनीतिकरुपमा परिपक्व भएकालाई सभासद् चयन गरिने भन्ने रहेको ।प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार कार्यविधि टुङ्गो लागेको सोही कार्यविधिको आधारमा केन्द्रीय समितिको बैठकले सभासद् छनोटको कामलाई अन्तिम टुङ्गो लगाउनेछ ।उनका अनुसार प्रत्येक जिल्लामा एकजना सभासद् पर्ने गरी सबै वर्ग, क्षेत्र, अल्पसङ्ख्य जात जाति, महिला, आदिवासीलगायतलाई समेट्ने गरी सभासद् छनोट गरिनेछ ।सोही प्रयोजनका लागि एमाओवादीले यही पुस १४ गते केन्द्रीय समितिको बैठक बोलाएको निर्वाचन आयोगले पछिल्लोपटक यही पुस १५ गतेसम्म् समानुपातिकतर्फको सभासद् छनोटको समयसीमा निर्धारण गरेको ।बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गत मङ्सिर गते सम्पन्न संविधानसभा निर्वाचनमा पार्टी पराजित हुनाको कारण आन्तरिक बाह्य दुवै भएको भन्दै आगामी दिनमा पार्टीलाई साङ्गठनिकरुपमा सुदृढ बनाएर जानुपर्ने धारणा राखेका थिए ।उहाँले जनताको एजेन्डा आफ्नो पार्टीसँग रहेपनि विभिन्न कारणले पार्टी पराजित भएको भन्दै पार्टीको शीर्ष नेतृत्वदेखि कार्यकर्तासम्म सबै सङ्गठन निर्माणमा लाग्नुपर्ने धारणा राखे नेताद्वय डा बाबुराम भट्टराई नारायणकाजी श्रेष्ठले पार्टीलाई पूर्णरुपमा जनतामा केन्द्रित गर्नुपर्ने, विगतमा भएका सबै गल्ती कमजोरी स्वीकार गरेर जानुपर्ने, साङ्गठनिक संरचना तयार पार्नपर्नेमा जोड दिए

प्रकाशित मिति: २०७० पुस १२ ०८:२३


रासस

Hot News

 

SEARCH

Newsletter

Top