Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > Political

कांग्रेसको नेतृत्वमा बन्ने सरकारलाई एमाओवादीको विनासर्त समर्थन: पुन

Wednesday, 12.25.2013, 06:13pm (GMT+6.5)    | Comment | Print | Tell friend

पुस १०, काठमाडौं

एमाओवादीका नेता वर्षमान पुनले कांग्रेसको नेतृत्वमा बन्ने सरकारलाई बाहिर रहेर आफूहरुले विनासर्त समर्थन गर्ने बताउनु भएको छ। उहाँले आफूहरु अहिले सरकारमा नजाने र सरकार परिवर्तनको खेलमा समेत नलागी १ वर्षभित्र संविधान निर्माण गर्ने अभियानमा जुट्ने प्रतिबद्धता समेत व्यक्त गरनु भयो ।नयाँ जनादेश आएपछि राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा प्रश्न उठ्नु स्वभाविक भए पनि दलहरुले १ वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरिसकेकोले अहिले संविधान निर्माणको काम छाडेर राष्ट्रपति परिवर्तनको काम लाग्नु उचित नहुने उहाँको तर्क थियो ।मंगलवार दलहरुवीच भएको ४ बुँदे सहमतिले सहमतिको लागि सहज परिस्थिति र लोकक्रान्तिक प्रक्रियाप्रतिको विश्वास बढाएको भन्दै अनन्तले सहमतिले अब मुलुक परिवर्तनको एजेण्डा भन्दा पछि नर्फकिने स्पष्ट पार्नु भयो । कांग्रेस नेता अर्जुननरसिंह केसीले राष्ट्रपतिलाई राजनीतिक भागबण्डाको विषय हुँदा त्यो सबै नेपालीको साझा राजनीतिक संस्था नहुने र कुनै दल विशेषप्रति झुकाव राख्ने हुने बताउनु भयो । उहाँले  नयाँ संविधान बनेर संविधानसभा विघटन हुनु अगावै नयाँ निर्वाचन गर्ने गरी संवैधानिक व्यवस्था गरेर त्यस विषयमा सहमति जुटाउन सकिने दाबी गर्नु भयो । एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले संविधान जारी गरेपछि संविधानसभा पनि विघटन हुने भएकोले त्यस अवस्थामा नयाँ राष्ट्रपति छान्ने निकाय नहुने भएकोले आफूहरुले नयाँ जनादेश अनुसार अनुमोदित हुनु पर्ने प्रस्ताव गरेको दाबी गर्नु भयो । 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top