Hot News
घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो
Home > News > Political

आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको प्रयास

Sunday, 12.22.2013, 10:28pm (GMT+6.5)    | Comment | Print | Tell friend

पुस ७, काठमाडौं

कांग्रेस केन्द्रीय समितिको बैठकले सबै दलको सहमति र सहकार्यमा वर्ष दिनभित्रै संविधान निर्माणलाई पूर्णता दिँदै काँग्रेस नेतृत्वमा सहमतिको सरकार निर्माण गर्न सबै राजनीतिक दलको सहमति र सहकार्यका लागि आग्रह गर्ने निर्णय गरेको छ ।आजको बैठकले सहमतिको सरकार बनाउने प्रयास सफल नहुने अवस्थामा मात्र बहुमतको सरकार बनाउनुपर्ने  निर्णय गरेको हो ।  'नेपाली कांग्रेस सबै राजनीतिक दलसँग सहमति र सहकार्य गर्दै एक वर्ष भित्रै संविधान निर्माणलाई पूर्णता दिन चाहन्छ, संविधानसभामा ठूलो पार्टीमा स्थापित कांग्रेसको नेतृत्वमा सहमतिको सरकार निर्माण गर्न यो बैठक सबै राजनीतिक दलको सहमति र सहयोगका लागि आग्रह गर्छ,' कांग्रेसको निर्णयमा भनिएको छ । उसले सहमति र सहकार्यका लागि सबै राजनीतिक दलसँगको वार्ता र संवादलाई सघन रुपले अघि बढाउने निर्णयसमेत गरेको केन्द्रीय सदस्य डा. रामशरण महतले बताउनु भयो । उहाँले समानुपातिकतर्फको उम्मेदवारको नामावली पनि यही पुस१० गतेसम्म निर्णय गरी बुझाइने बताउँदै संसदीय समितिको बोर्डको बैठकले त्यसबारे निर्णय गरेर कार्यसमितिको बैठकले अनुमोदन गर्ने जानकारी दिनु भयो


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top