Hot News
मत गणना सुरू, कहा कति खसेत मत ? ; दोस्रो चरणको निर्वाचन शान्तपूर्णरुपमा सम्पन्न, ७०. ५ प्रतिशत मतदान: आयोग ; मतदान केन्द्रनजिकै बम विष्फोट मतदान पुनः चालू ; मतपेटिकामा एसिड हालिएपछि रोल्पाको भनभनेमा मतदान स्थगित ; मतदानमा दुर्इ जनाको निधन
Home > News > Political

नेकपा-माओवादी नेतृत्वको ३३ दलीय संविधानसभाको कुनै प्रक्रियामा सहभागी नलिने

Saturday, 12.21.2013, 10:19pm (GMT+6.5)    | Comment | Print | Tell friend

पुस ६, काठमाडौं

नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चा संविधानसभालाई अस्वीकार गर्दै कुनै पनि प्रक्रियामा सहभागी नहुने भएको छ ।आज केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ३३ दलीय राजनीतिक मोर्चाको बैठकले संविधानसभाबाट संविधान नबन्ने निर्णय गरेको होपार्टीका एक नेता देव गुरुङले जारी गर्नु भएको विज्ञप्तीका अनुसार 'चैत्र १ गतेको पश्चगामी कदमको आधारमा जबर्जस्ती रुपमा गरिएको संविधानसभाको कथितदोस्रो निर्वाचनबाट मुलुकमा जनताको सङ्घीय गणतन्त्रात्मक संविधान बन्न नसक्ने मात्र होइन, राष्ट्रियता र लोकतन्त्रको दृष्टिले पनि झनै राष्ट्रघाती र प्रतिगामी दिशामा गएको यथार्थता स्पष्ट भएको छ, अतः कथित दोस्रो संविधानसभालाई पूर्णतः अस्वीकार गर्दै त्यसको कुनैपनि प्रक्रियामा सहभागी नहुने निश्चित गरिएको छ ।'

प्रेस नोट

आज मिति २०७० पुस ६ गतेका दिन नेकपा-माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ३३ दलीय राजनीतिक मोर्चाको बैठकले गरेका निर्णयहरु निम्न बमोजिम रहेको जानकारी गराइन्छ ।

१. निर्वाचनमा सहभागी हुने र बहिष्कार गर्न पाउने दुबै समान प्रकारको लोकतान्त्रिक अधिकार हुँदाहुँदै बाहृय शक्तिकेन्द्रहरुको गुरुयोजनामा४ दलीय सिण्डिकेट र राज्य पक्षबाट बहिष्कार आन्दोलनको विरुद्धमा सेना परिचालन लगायत सम्पूर्ण राज्य शक्तिको दुरुपयोग गरेर दमन र हजारौं सङ्ख्यामा धरपकड गरियो । ५०० भन्दा बढी नेता कार्यकर्ताहरुलाई झुटा मुद्दा लगाइएको छ भने ताप्लेजुङ, जाजरकोट र चितवनमा गरी १५ जना साथीहरुलाई अझै पनि रिहा गरिएको छैन । ३३ दलीय मोर्चाती बन्दी साथीहरुलाई बिना शर्त अबिलम्ब रिहा गरी सबै प्रकारका झुटा मुद्दाहरुलाई खारेज गर्न जोडदार रुपमा माग गर्ने निश्चित गरिएको छ ।

२. कतिपय सीमा र कमजोरीको बाबजुद मूलभूत रुपमा संविधानसभाको कथित दोस्रो निर्वाचन बहिष्कार आन्दोलन सफलतापूर्वक सम्पन्न भएको छ । त्यस आन्दोलनबाट ३३ दलले उठाउँदै आएको राजनैतिक मुद्दाहरु आम जनताको बीचमा स्थापित भएका छन् ।

३. चैत्र १ गतेको पश्चगामी कदमको आधारमा जबर्जस्ती रुपमा गरिएको संविधानसभाको कथितदोस्रो निर्वाचनबाट मुलुकमा जनताको सङ्घीय गणतन्त्रात्मक संविधान बन्न नसक्ने मात्र होइन, राष्ट्रियता र लोकतन्त्रको दृष्टिले पनि झनै राष्ट्रघाती र प्रतिगामी दिशामा गएको यथार्थता स्पष्ट भएको छ । अतः कथित दोस्रो संविधानसभालाई पूर्णतः अस्वीकार गर्दै त्यसको कुनैपनि प्रक्रियामा सहभागी नहुने निश्चित गरिएको छ ।

४. वृहत शान्ति सम्झौता, अन्तरिम संविधान-२०६३ र विगतमा दलहरुबीचमा भएका सहमति र सम्झौताहरुलाई४ दलका शीर्ष नेताहरु र राज्य पक्षबाट गम्भीर रुपले उल्लङ्घन गरी ती सम्झौताहरुलाई विस्थापित गरिएको छ ।यस स्थितिमा जनताको नयाँ संविधान निर्माणको लागि फेरि पनि विद्यमान राजनीतिक दलहरु, सरोकारवाला पक्षहरु आदि सबैको बीचमा सर्वपक्षीय राष्ट्रिय राजनीतिक सहमति गरिनु पर्दछ । त्यसको लागि दोस्रो संविधानसभालाई अस्वीकार गर्दै सबै राजनीतिक दलहरुको बीचमा सर्वपक्षीय राजनीतिक गोलमेच सभा गरी संविधानका मूलभूत अन्तर्वस्तुहरुको बारेमा सहमति कायम गरिनुपर्दछ । उक्त सर्वपक्षीय राजनीतिक गोलमेच सभालाई अधिकार सम्पन्न बनाई सरकार गठन लगायतका राजनीतिक विवादका मुद्दाहरु त्यसै सभाबाट सहमति गरी कार्यान्वयन गरिनुपर्दछ ।

५. राज्य पक्ष र ४ दलका नेताहरु राष्ट्रिय राजनीतिक सहमतिको मार्ग अवलम्वन गर्न तयार नभइरहेको स्थितिमा फेरि पनि सडक आन्दोलनको विकल्प छैन । अतः जनस्तरबाट नै जनताको सङ्घीय गणतन्त्रात्मक संविधान निर्माणको लागि संविधानका मूलभूत अन्तर्वस्तुहरु, राष्ट्रिय स्वाधीनता र जनजीविकाका सवालहरुलाई लिएर सडक आन्दोलनमा जोड दिने नीति अवलम्व गर्ने निश्चित गरिएको छ ।

६. दोस्रो संविधानसभाको निर्वाचनमा कतिपय राजनीतिक दलहरु सहभागि भएको भएपनि उक्तसंविधानसभा पश्चगामी र प्रतिगामी दिशामा गइसकेको हुनालेत्यसको विरोध गर्दै आन्दोलनमा सहकार्य गरीअगाडी बढ्नका लागि ती राजनीतिक दलहरुसँग आग्रह गर्ने निश्चित गरिएको छ ।

मितिः- २०७० पुस ६

... ... ... ... ...

देव गुरुङ

३३ दलीय राजनीतिक मोर्चा


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top