Hot News
लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित ; हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख
Home > News > Political

निर्वाचन आयोगद्धारा कार्यतालिका परिवर्तन

Thursday, 09.19.2013, 11:15pm (GMT+6.5)    | Comment | Print | Tell friend

असोज ३, काठमाडौं

सरकार र दलहरुको आग्रह अनुरुप निर्वाचन आयोगले संविधानसभा चुनावको पूर्व प्रकाशित निर्वाचन कार्यक्रम एक साता पछाडी सारेको छ । आज बसेको आयोग पदाधिकारीको बैठकले मंसिर ४ को निर्वाचन प्रभावित नहुने गरी समानुपातिक तथा प्रत्यक्ष प्रणालीतर्फका सबै निर्वाचन कार्यक्रम एक साता पछाडी सारेको हो । आयोगका आयुक्त दोलखबहादुर गुरुङ्गका अनुसार, दलहरुले समानुपातिक निर्वाचनमा भाग लिन मनोनयन दर्ता गर्ने मिति असोज ७ बाट १४ गते पुर्‍याइएको छ । त्यस्तै, प्रत्यक्षतर्फका उम्मेदवारले असोज १० गतेको सट्टा असोज १७ गते मनोनयनपत्र दर्ता गर्न सक्नेछन् । त्यसपछिका सबै कार्यक्रमपनि एक साता पछाडी सारिएको गुरुङ्गले जानकारी दिनुभयो । सरकारले मंसिर ४ गतेको चुनाव प्रभावित नहुने गरी निर्वाचन कार्यक्रम यथासक्य पछाडी सार्न हिजो आयोगलाई औपचारिक आग्रह गरेको थियो । उच्चस्तरिय राजनीतिक समिति आवद्ध दलका शिर्ष नेताहरुले पनि उम्मेदवार चयनका लागि आफूहरुको तयारी नपुगेको र असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउने प्रयास अ अझै जारी रहेको भन्दै निर्वाचन कार्यक्रम १० दिन पर सार्न आयोगलाई दवाव दिएका थिए । 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top