Hot News
नेपालमा लगानीको अवसर बारे अन्तक्र्रिया ; भरतपुरमा च्यातिएका मत मतपत्र आज सर्वोच्च अदालतमा ; काठमाडौंमा फोहरबाट १४ किलोवाट बिजुली उत्पादन ; चुम्लुङ हिम खरिद सहयोगार्थ याक्थुम स्वर्णिम साँझ–४ सम्पन्न ; धनगढीमा आफैले बोकेको बम विस्फोट हुँदाएक जनाको ज्यान गएको छ
Home > News > Political

उम्मेदवारी दर्ताको समय सार्न सरकारको आग्रह

Wednesday, 09.18.2013, 07:54pm (GMT+6.5)    | Comment | Print | Tell friend

२ असोज, काठमाडौं

सरकारले आगामी संविधानसभा निर्वाचनको उम्मेदवारी दर्ताको समय केहि दिन सार्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले मंसिर ४ को चुनावलाई भने कुनै प्रभाव नपर्ने गरी समानुपातिकको बन्दसूची पेश गर्ने र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने समय यथासम्भव केही दिन पर सार्न आयोगलाई आग्रह गरेको हो ।यसअघि बुधबार बिहान मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसहितका मन्त्रीहरु र आयोगका पदाधिकारीहरुबीच छलफल भएको थियो ।पूर्व निर्धारित कार्यक्रम अनुसार समानुपातिकको उम्मेदवारका लागि ७ गते बन्दसूची पेश गर्नु पर्छ भने १० गते प्रत्यक्षतर्फका उम्मेदवारी दर्ताको समय तोकिएको छ । प्रत्यक्षको उम्मेदवारी दर्तालाई प्रभावित पार्ने गरी चुनावी प्रक्रियाप्रति असन्तुष्ट नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले ९ र १० गते नेपाल बन्दको आहृवान गरेको छ ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top