Hot News
नेपाली जुडोका स्टार खेलाडीहरु एशियन च्याम्पियनसिपका लागि हङकङ आईपुगे, ; राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न मधेसमा २२ वटा स्थानीय तहको संख्या बढाउने निर्णय ; नेपाल भलिबल संघले ‘भलिबल’ लाई राष्ट्रिय खेल बनाउने ; ३ महानगर र एक उपमहानगरमा यस्तो छ पछिल्लो अवस्था ; ललितपुर महानगर मेयरमा कांग्रेस विजयी
Home > News > Political

नेकपा माओवादी नेतृत्वको मोर्चा पुन: आन्दोलनका कार्यक्रम घोषणा

Wednesday, 08.28.2013, 08:26pm (GMT+6.5)    | Comment | Print | Tell friend

भदौ १२, काठमाडौं

नेकपा माओवादी नेतृत्वको मोर्चा वार्ता प्रक्रियालाई थाति राख्दै पुन: आन्दोलनमा उत्रिएको छ । उच्चस्तरीय राजनीतिक समितिसंगको वार्ता भङ्ग भएपछि मोर्चाले संविधानसभा निर्वाचनको उम्मेद्वारी दर्ता प्रक्रिया प्रभावित हुने गरी आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको छ । राजधानीको बुद्धनगरस्थित नेकपा माओवादीको पार्टी कार्यालयमा आज बसेको मोर्चाको बैठकले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने देखि बन्दसम्मका कार्यक्रम घोषणा गरेको हो ।संघर्षका नयाँ कार्यक्रम अन्तर्गत मोर्चाले भोली राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने, पर्सी नागरिक समाज र बुद्धिजिवीसंग अन्तक्रिया र असोज पहिलो साता मूलुकका विभिन्न शहरमा सभा गर्ने भएको छ । यस्तै बैठकले सबै जिल्लामा मोर्चा विस्तार गरी २ सय ४० वटै निर्वाचन क्षेत्रमा प्रचारप्रसार, कोणसभा लगायत अभियानात्मक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । गोलमेच सम्मलेनका साथै निर्वाचनको मिति परिवर्तन, नयाँ सरकार गठन लगायत मोर्चाले राखेको नयाँ प्रस्ताव उच्चस्तरीय राजनीतिक समितिले अस्वीकार गरेपछि दुईपक्षबीचको वार्ता भाडिएको हो । 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top