Hot News
क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित
Home > News > Political

आन्दोलनरत दललाई मनाउन प्रमुख दल लचक

Saturday, 08.03.2013, 11:08pm (GMT+6.5)    | Comment | Print | Tell friend

 साउन १९, काठमाडौं

उच्चस्तरिय राजनीतिक समितिले थप लचकता अपनाउँदै नेकपा माओवादी सहित ३३ दलीय मोर्चालाई वार्ताका लागि तेस्रो पटक पत्र पठाउने भएको छ । ३३  दलीय मोर्चाको हिजो बसेको बैठकले बिना सर्त मोर्चालाई सम्बोधन गरी पत्र पठाउनुपर्ने अडान दोहोर्‍याएपछि समितिले थप लचकता अपनाउने निर्णय गरेको हो । आज राजधानीमा बसेको समितिको बैठकले मोर्चाको भावनालाई समेटेर सामुहीक आह्वान गर्ने निर्णय गरेको हो । बैठकपछि एमाले नेता रघु पन्तले समितिले तेस्रो पटक पत्राचार गर्ने जानकारी दिदै पत्रमा कुनै सर्त नराख्ने निर्णय भएको बताउनुभयो । मोर्चाले वार्तामा बस्ने सैद्धान्तिक निर्णय गर्दै बिना सर्त सामुहीक रुपमा सम्बोधन गरेर पत्र पाउनु पर्ने बताएको थियो । यस्तै आजको बैठकमा समिति आवद्ध बिभिन्न दलले निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाएका दलहरुसँग पछिल्लो समय छुट्टाछुट्टै भएको वार्ताबारे जानकारी गराएका थिए । समितिको हिजोको निर्णय अनुसार, आज एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संघिय समाजवदीका अध्यक्ष अशोक राई र नेपाली कँग्रेसका सभापति सुशील कोइरालाले नेकपा माओवादी अध्यक्ष मोहन वैद्यसँग छलफल गर्नूभएको थियो । समितिको आजको बैठकले असन्तुष्ट दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय समेत गरेको एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।  




Hot News

 

SEARCH

Newsletter

Top