Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > Political

वार्ताका लागि बैद्यलाई पत्राचार

Wednesday, 07.17.2013, 08:46pm (GMT+6.5)    | Comment | Print | Tell friend

श्रावण २, काठमाडौं

उच्चस्तरीय राजनीतिक समितिले मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीलाई वार्ताका लागि पत्र पठाएको छ । समितिका संयोजक पुष्पकमल दाहालले वैद्य र उनको पार्टीको मोर्चामा संलग्न रहेका दलहरुलाई वार्ताका लागि आह्वान गर्दै पत्र पठाएका हुन् ।समितिको बुधबार बिहान बसेको बैठकले पत्र पठाउने निर्णय गरेको थियो । समितिको निर्णय लगत्तै दाहालले माओवादीलाई सम्बोधन गर्दै तत्काल वार्तामा बस्न आह्वान गरेका छन् । चुनावी प्रक्रियामा असन्तुष्टि राख्दै आएको माओवादीले यसअघि वार्तामै नबस्ने अडान लिएको थियो । तर, गत महिनाको केन्द्रीय समितिको पछि प्रमुख राजनीतिक दलहरुसँग संवादमा बस्ने निर्णय गरेको थियो ।

गोलमेल सम्मेलन लगायतका माग सम्बोधन गर्न प्रमुख चार दल तयार भएपछि माओवादीले वार्तामा बस्ने औपचारिक घोषणा गरेको थियो । वार्ता टोलीमा अध्यक्ष मोहन बैद्य, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिवद्वय देव गुरुङ र नेत्रविक्रम चन्द छन् ।माओवादीले संवादका लागि औपचारिक पत्रसमेत खोजेपछि उच्चस्तरीय समितिले पत्र पठाएको हो । यसअघि माओवादीले उच्चस्तरीय समितिको हुनै हैसियत नभएको भन्दै उसँग वार्ता नगर्ने अडान लिएको थियो । माओवादीसँग अन्य ३३ दल पनि संलग्न छन् । माओवादीले वार्तामा आफू मात्र नबस्ने अन्य दललाई पनि सहभागी गराउनुपर्ने धारणा पनि राखिरहेको छ ।

 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top