Hot News
घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो
Home > News > Political

विमानस्थलको जिम्मा भारतलाई नदिन सर्वोच्चको आदेश

Monday, 07.08.2013, 09:57pm (GMT+6.5)    | Comment | Print | Tell friend

असार २४, काठमाडौ

सर्वोच्च अदालतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति भारत सरकारले गर्ने र पशुपतिनगरमा भारतीय अध्यागमनका लागि जाँच केन्द्रसमेत स्थापना गर्ने सहमति तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । नेपाल भारतबीचको गृहसचिवस्तरीय बैठकले गत जेठ १८ मा उक्त सहमति गरेको थियो ।

बहालवाला प्रधान न्यायाधीश खिलराज रेग्मी सरकार प्रमुख भएपछि उनले गरेको निर्णयविरुद्ध सर्वोच्चले यसरी अन्तरिम जारी गरेको हो यो पहिलो रिट हो । भारतीय विदेशमन्त्री सलमान खुर्सिदको नेपाल भ्रमण हुने पूर्व सन्ध्यामा अदालतले त्यस्तो आदेश दिएको छ ।रेग्मी सरकारले गत जेठमा भारतद्वारा प्रस्तावित दुई स्थानमा अध्यागमन केन्द्र (इमिग्रेशन चेक प्वाइण्ट) स्थापना गर्न सहमति गरेको थियो । त्यसलाई सरकारले सक्दो गोप्य राख्न खोजेको थियो ।त्यो बदर गर्न अधिवक्ता तथा सर्वोच्चका पूर्व रजिष्ट्रार श्रीप्रसाद पण्डितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तर्कराज भट्टको एकल इजलाशले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top