Hot News
उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी, ; गायक दीपक लिम्बूको सोलो एल्वम 'श्रेय' सार्वजनिक
Home > News > Political

बैद्यकै नेतृत्वमा माओवादी वार्ता टोली

Monday, 07.08.2013, 04:43pm (GMT+6.5)    | Comment | Print | Tell friend

असार २४, काठमाडौ

सरकारसँग वार्ताको लागि भन्दै नेकपा-माओवादीले अध्यक्ष मोहन बैद्यको संयोजकत्वमा गठित टोली ५ सदस्यीय वार्ता टोली गठन गरेको छ ।टोलीमा पार्टी उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिव देव गुरुङ र नेत्रबिक्रम चन्द छन् ।सरकार संचालनको संयन्त्रमा रहेका चार राजनीतिक दल गोलमेच सम्मेलन गर्ने, समानुपातिकको अनुपात बढाउन सकिनेलगायतका मागमा सकरात्मक भएपछि माओवादीले बार्ताको लागि टोली बनाएको हो ।यसअघि माओवादीले वाधाअड्काउ फुकाउको खारेजी, सरकारको खारेजी र तोकिएको चनावको मिति रद्द गर्नुपर्ने माग गर्दै बार्तामा बस्न मानेको थिएन । सुरुमा उपेन्द्र यादव र संघीय समाजवादी पार्टी अशोक राईको पनि समर्थन रहेपनि पछि बैद्यलाई उनीहरुले छाडेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष तथा वार्ता टोली संयोजक बैद्यले आफ्नो पार्टीले लचकता अपनाउँदै सरकार र चार दलीय संयन्त्रसँग वार्ता टोली गठन गरेको बताउनु भयो । उनले यो सरकारले मंसिर ४ गतेको लागि घोषणा गरेको निर्वाचन कुनै हालतमा पनि हुन नदिने दाबी गर्नु भयो ।उहाँले खिलराज रेग्मी नेतृत्वमा सरकार गठनका लागि राष्ट्रपतिले जारी गरेको बाधा अड्काउ फुकाउ अध्यादेश खारेज हुनुपर्ने अडान नछाड्ने बताउनु भयो ।नेकपा-माओवादीलाई वार्ताको लागि आव्हान गर्दै चार दलीय संयन्त्रले हदैसम्मको लचकता अपनाउने निर्णय गरिरहेको छ । संयन्त्रको शनिबारको बैठकले उच्चस्तरीय राजनीति समितिको पुर्नगठन, सर्वदलीय सम्मेलन, समानुपातिक अनुपात बृद्धि, मन्त्रिपरिषद् बिस्तारजस्ता मागमा सहमति जनाउने निर्णय गरेको छ ।तर, नेकपा-माओवादीले रेग्मी सरकार बिघटन हुनुपर्ने माग राख्दै आएको छ । तत्कालीन प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा सरकार गठनका लागि जारी गरिएको अध्यादेशप्रति पनि उसको आपत्ती छ । 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top