Hot News
पहिरोले गर्दा बिपी राजमार्ग अवरुद्ध ; गोदावारी मा जमे पाचँथरे ; कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार सिराहामा ; निर्वाचन मिति घोषणा अघि संविधान संशोधन हुनुपर्छ : मधेशी मोर्चा ; पहिलो पटक निर्वाचन दिवस मनाउदै सरकार
Home > News > Political

बाधा अड्काउ आदेश खारेज नभएसम्म वार्तामा नवस्ने माओवादी अध्यक्ष बैद्यको अडान

Sunday, 07.07.2013, 06:26pm (GMT+6.5)    | Comment | Print | Tell friend

असार २३, काठमाण्डौ

नेकपा माओवादीले पच्चीस बुँदे बाधा अड्काउ आदेश खारेज नभएसम्म वार्ता नबस्ने अडान राखेको छ ।आज राजधानीमा क्रान्तिकारी बिद्यार्थीले गरेको कार्यक्रममा माओवादी अध्यक्ष बैद्यले असंवैधानिक रुपमा राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ आदेश खारेजी नै आफुहरुको मुख्य माग भएको बताउनुभयो । आफ्ना मागको सुनुवाई गर्न प्रमुख दल र सरकारले आलटाल गरिरहेको भन्दै अध्यक्ष बैद्यले सहमतिको वातावरण नबने आफुहरु संर्घषमा जान बाध्य हुने बताउनुभयो । उहाँले संविधानसभा बिघटनपछि ठुला भनिएका दलहरु असफल भएको र उनीहरुलाई दण्डित गर्नुपर्नेमा सरकारले पुरस्कृत गरेको आरोप समेत लगाउनुभयो । प्रमुख ४ दलीय उच्चस्तरिय समितिले वर्तमान सरकार बिघट्न र चुनाव सार्ने प्रस्ताव बाहेक अन्य माग पुरा गर्न सकिने बताइरहेका बेला माओवादीले बाधा अड्काउ आदेश खारेजीको मागलाई प्रमुख सर्त बनाएको हो ।यसैबीच पार्टीको पछिल्लो रणनीति बनाउन नेकपा माओवादी आन्तरिक छलफलमा जुटेको छ । सहमतिका लागि उच्चस्तरीय राजनीतिक समितिले अघि सारेको प्रस्तावबारे सो पार्टीको पोलिटव्युरो बैठकमा छलफल भएको छ । पोलिटव्युरो बैठकले गर्ने निर्णय भोली दिउसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने सो पार्टीले जनाएको छ । बैठकमा वोल्ने सदस्यले मुख्य माग पुरा नभएसम्म निर्वाचनमा जान नहुने धारणा राखेका छन । नेकपा माओबादीले निर्वाचनका लागी वर्तमान सरकारको खारेजी, गोलमेच सम्मेलन लगायतका माग अघि सारेको छ ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top