Hot News
पशुपतिमा १३ लाख भक्तजनले दर्शन गर्ने ; टीका रानाको अगुवाईमा स्काई म्याराथन धाविकाहरु सङ्ग भेटघाट तथा बिदाई कार्यक्रम , ; प्रमुख तीन दल नेपाली कांग्रेस, एमाओवादी र एमालेका शीर्ष नेताबीच बैठक ; राजधानीको सबैभन्दा व्यस्त रहने न्यूरोडमा फिल्मी शैलीमा अपहरण र लुटपाट भएको छ ; स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता लिन सरकारसमक्ष माग गरेका हुन् ।
Home > News > Political

सहमति परिमार्ज हुन सक्ने

Saturday, 07.06.2013, 07:04pm (GMT+6.5)    | Comment | Print | Tell friend

असार २२, काठमाडौ

नेपालका प्रमुख चार राजनीतिक शक्ति नेकपा-माओवादी आगामी मङ्सिर ४ गतेका लागि तोकिएको संविधानसभाको निर्वाचनमा भाग लिन तयार भएको खण्डमा सर्वदलीय सम्मेलन, उच्चस्तरीय राजनीतिक समिति को पुनर्गठन र वर्तमान सरकार गठनका सन्दर्भमा चैत ३० गते भएको सहमति परिमार्जन गर्न सकिने जनाउ दिएको छ ।उच्चस्तरीय राजनीतिक समिति को आज नयाँ बानेश्वरस्थित समितिको सचिवालयमा बसेको बैठकमा नेकपा-माओवादीलगायतका राजनीतिक दलहरु तोकिएको मितिमा हुने संविधानसभाको निर्वाचनमा भाग लिन तयार भएको अवस्थामा सर्वदलीय सम्मेलनको आयोजना गरी अघि बढ्न सकिने निष्कर्षमा नेताहरु पुगेका हुन् ।

यसरी अघि बढ्ने क्रममा उच्चस्तरीय राजनीतिक समिति मा अन्य पक्षलाई थप्ने, समावेश गर्ने भन्दा पनि सम्मेलनबाट हुने निर्णयअनुसार  समितिलाई नै पुनर्गठनसमेत गर्न सकिने एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो।नेकपा-माओवादीले निर्वाचनमा भाग लिने सुनिश्चित गरेर वार्तामा आएमा चुनावी सरकार गठनका सन्दर्भमा प्रमुख चार शक्तिबीच भएको एघारबुँदे सहमति र राष्ट्रपतिद्वारा संविधानका केही धाराको  बाधाअड्काउ फुकाउका लागि जारी भएको आदेशको मूलपक्षलाई अघि बढाएर कतिपय  कुरामा आवश्यक परिमार्जनसमेत गर्न सकिने उहाँले बताउनु भयो ।नेकपा-माओवादीले उच्चस्तरीय राजनीतिक दलसाग औपचारिक रुपमा वार्ता र छलफल नगरे पनि अन्य कुनै विधि र प्रक्रिया अपनाएर वार्ता गर्न सकिने बताउदै उपाध्यक्ष श्रेष्ठले  मुलुकको अहिलेको विशिष्ट परिस्थितिमा तोकिएको मितिमा निर्वाचन गर्ने सर्तमा अन्य विषयमा खुला, उदार र लचकतापूर्वक  वार्ता गरेर निर्वाचनमैत्री वातावरणको सन्देश प्रवाह गर्ने बैठकमा सहमति भएको समेत जानकारी दिनु भयो


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top