Hot News
हङकङको ताईमोसानमा साकेला सोईढोले सोई, ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; किरातीहरूले कतारमा उभौली पर्व भव्यताका साथ मनाए ; एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने,
Home > News > Political

नेविसंघको महाधिवेशन भदौमा हुने

Friday, 06.28.2013, 12:10am (GMT+6.5)    | Comment | Print | Tell friend

असार १३, काठमाडौं

नेपाल विद्यार्थी संघको महाधिवेशन भदौ २९ देखि ३१ गतेसम्म राजधानीमा हुने भएको छ । नेविसंघ केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गरेको छ ।पार्टी सभापति सुशील कोइरालाले नेविसंघ नेतृत्वलाई भदौमा चुनाव गर्न निर्देशन दिएका थिए । महाधिवेशनको थप तयारीबारे आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिइने

प्रवक्ता यूपी लामिछानेले जानकारी दिनु भएको छ ।संघका अध्यक्ष रञ्जित कर्णले असोज पहिलो सातामा मिति तोक्ने तयारी गरेका थिए । सभापति कोइरालाले त्यतिबेला संविधानसभा निर्वाचनका लागि उम्मेदवार मनोनयनको समय पर्ने र महासमिति बैठकले पनि भदौ मसान्तभित्र सबै भ्रातृ संस्थाको अधिवेशन सक्ने निर्णय गरेको स्मरण गराएपछि उक्त मिति तोकिएको हो ।यसअघि पनि महाधिवेशन मिति दुई पटक तोकिए पनि आन्तरिक विवादका कारण स्थगित हुँदै आएको थियो । पार्टी संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवा समूहबीचको टकरावका कारण पार्टी एकतादेखि नै संघको अधिवेशन हुन सकेको छैन संघले यसअघि नै १९ जिल्ला अधिवेशन ४५ जिल्लामा क्षेत्रीय अधिवेशनसमेत सम्पन्न भइसकेकाले अब समस्या नरहेको बताएको छ ।


Sunuwar Nitesh

Hot News

 

SEARCH

Newsletter

Top