Hot News
मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो ; माघे संक्रान्तीलाई हङकङबासी मगरहरुले विशेष रुपले मनाए ; मिक्स्ड डबल्सको ट्रफी बिकाश र सरिनालाई,
Home > News > Political

चुनाव सयुक्त मोर्चाबन्दि

Thursday, 06.13.2013, 08:44pm (GMT+6.5)    | Comment | Print | Tell friend

३० जेठ, काठमाडौं

सरकारविरुद्ध आन्दोलनरत मोहन वैद्य किरण नेतृत्वको नेकपा-माओवादी, उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले चुनावी प्रक्रिया अघि नबढाउन संयुक्तरुपमा माग गरेका छन् ।बिहीबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरेर तीन दलले आफूहरुको सहमतिविना निर्वाचनसम्वन्धी अध्यादेशलाई अन्तिम रुप नदिन र चुनावको मिति नतोक्न माग गरेका हुन् तीन दलले आफूहरुको सहमतिविना निर्वाचन प्रक्रिया अघि बढाए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । यस्तै माओवादी, उपेन्द्र मोर्चा र संघीय समाजवादी असहमतिबीच समेत निर्वाचन प्रक्रिया रोक्न सहमत देखिएका छन् ।प्रधानन्यायाधीश नेतृत्वको सरकार खारेजको माग गर्दै माओवादीले दल नै दर्ता गराएको छैन भने उपेन्द्र मोर्चामा रहेका ८ दल र संघीय समाजवादीले दल दर्ता गराएका छन् आगामी संविधानसभाको चुनावबारे वैद्य माओवादी, संघीय समाजवादी र यादवको मोर्चावीच फरक-फरक मत रहँदै आएको छ । वैद्य माओवादीले चैत्र १ को कदम सच्याउनुपर्ने भन्दै रेग्मी सरकारको विघटनको अडानसहित सरकारले बोलाएको वार्तासमेत बहिस्कार गर्दै आएको छ भने आफूले भनेजस्तो भए रेग्मीकै नेतृत्वमा चुनावमा जान यादवको मोर्चा र अशोक राईको पार्टी तयार देखिएका छन् ।

संयुक्त प्रेस विज्ञप्ति


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top