Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
Home > News > Political

निर्वाचन कानून संसोधनको जिम्मा सरकारलाई

Monday, 06.10.2013, 06:55pm (GMT+6.5)    | Comment | Print | Tell friend

जेठ २७, काठमाडौं

 राजनीतिक दलहरुले निर्वाचन कानून संसोधनको जिम्मा सरकारलाई दिएका छन् । उच्चस्तरिय राजनीतिक समितिको आज बसेको बैठकमा पनि दलहरुबीच थ्रेस होल्ड र फौजदारी अभियोग लागेका व्यक्तिको उम्मेदवारीको बिषयमा सहमति जुट्न नसकेपछि दलहरुले निर्वाचन कानुन संसोधन अध्यादेश ल्याउन सरकारलाई आग्रह गर्ने निर्णय गरेका हुन् । नयाँ बानेश्वरमा बसेको बैठकपछि एकीकृत माओबादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विवादित बुंदामा दलहरु सहमति जुटाउन असफल भएको भन्दै निर्वाचन कानुन बनाउने जिम्मा सरकारलाई दिइएको जानकारी दिनुभयो ।

यस्तै, एमाले नेता रघु पन्तले सरकारलाई स्वतन्त्र रुपमा कानुन बनाउन आग्रह गरिएपनि दलहरुले समेत सुझाव दिने बताउनुभयो । उहाँका अनुसार आगामी संविधानसभा निर्वाचनबाट नयाँ संविधान बनेपछि हुने संसदिय निर्वाचनमा २ देखि ५ प्रतिशतसम्म थ्रेस होल्ड राख्ने सहमति भने दलहरुबीच भएको छ ।नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले दलहरुबीच आगामी मंसिरमा चुनाव गर्ने सहमति भएको उल्लेख गर्नुभयो । उहाँले सरकारलाई निर्वाचन कानुन निर्माणको जिम्मा लगाएपछि मंसिरमा चुनाव हुनेमा ढुक्क भएको बताउनुभयो । यसैगरी, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता हृदयश त्रिपाठीले दलहरुबीचमा अब कुनै विवाद नरहेको भन्दै सरकारी निर्णय अन्तिम हुने बताउनुभयो । विवादित बुंदामा सहमति जुट्न नसकेपछि दलहरुले पछिल्लो समय सरकारलाई निर्वाचन कानुन निर्माणको जिम्मा दिने विषयमा छलफल गरेका थिए । 




Hot News

 

SEARCH

Newsletter

Top