Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > Political

मोर्चा फिटाउने प्रयास असफल भयो

Friday, 05.31.2013, 08:02pm (GMT+6.5)    | Comment | Print | Tell friend

जेठ १७, काठमाडौँ

सरकार विरुद्ध आन्दोलनरत नेकपा माओवादी नेतृत्वको ३३ दलका मोर्चाको कार्यदलको बैठकले मोर्चा फिटाउने प्रयास असफल भएको ठहर गरेको छ । शुक्रबार नेकपा माओवादी कार्यलय बुद्धनगरमा बसेको मोर्चाको बैठकले दल दर्ता गर्नका लागि सरकारले मिति तोकि मोर्चा फिटाउने अभिप्राय असफल पारेको ठहर गरेको हो । माओवादी पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले दल दर्ता गर्न दिएको समय सिमा भित्र मोर्चाको कुनै पनि दलले दर्ता नगरेर मोर्चा एकताबद्द नै रहेर मोर्चा एकबद्द रहेको जानकारी दिनु भयो ।उहाँले भन्न भयो निर्वाचनको मिति पनि तय भएको छैन, अध्यादेश पनि पारित भएको छैन् र आन्दोलनरत दलहरुको माग सुनुवाई पनि भएको छैन् , यस्तो अवस्थामा निर्वाचनको मिति तोक्नु वाइयात हो ।चैत १गते भएको २५बुँदे बाधा अडकाउ फुकाउ र ११बुँदे सहमति खारेज नभए सम्म सरकारसँग वार्ता नगर्ने तथा निर्वाचनमा भाग नलिने यस अघिको निर्णयलाई यथावत राख्ने बैठकले निर्णय समेत गरेको छ । बैठकले प्रतितमन र निर्वाचन विषयक अन्तरक्रिया बृहतरुपमा देशका प्रमुख शहरहरुमा संचालन गर्ने समेत निर्णय गरेको छ ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top