Hot News
ताप्लेजुङ समाज हङकङको नेतृत्वमा सन्जय तुम्बाहाम्फे ; ताप्लेजुङ समाज हङकङको नेतृत्वमा सन्जय तुम्बाहाम्फे ; महाविर पुनको सहयोगार्थ भारतीय गोर्खा भू.पू.साँझ–२०१७ सम्पन्न ; साहित्य श्रृंखलाको ६ औं वार्षिकोत्षव २५ जुनमा ; अनुप ले गरे आँखामा तिम्रो आँखामा निर्देशन
Home > News > Political

वैद्य माओवादीले पार्टी दर्ता गरेन

Thursday, 05.30.2013, 11:49pm (GMT+6.5)    | Comment | Print | Tell friend

जेष्ठ १६, काठमाडौं

मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले निर्वाचन आयोगमा पार्टी दर्ता गरेको छैन । बिहीबारसम्ममा १ सय ४० दलले दर्ता गरे पनि माओवादी निर्वाचन आयोगमा गएनदल दर्ता निम्ति बिहीबारसम्म अन्तिम म्याद तोकेको थियो ।सरकार निर्माण प्रक्रियादेखि नै असन्तुष्ट माओवादीले यथास्थितिमा चुनाव हुन नसक्ने बताउँदै पार्टी दर्ता नगरेको जनाएको छ । माओवादी प्रवक्ता भूसालले चुनावको विरोधमा आफ्नो पार्टीले जनता संगठित गर्दै गएको बताउनु भयो'अहिले हामी जनतासँग अन्तर्क्रिया र छलफल गर्दै आन्दोलनको तयारी गरिरहेका छौँ,' उनले भनिन्, 'चुनाव घोषणा भए अनिश्चिकालीन आमहड्ताल घोषणा गर्छौँ ।'चुनावका लागि भइरहेको नागरिकता वितरण मुलुकको स्वतन्त्र अस्तित्व संकटमा पार्ने दुस्प्रयास भएको माओवादीको आरोप छ । 'पहिले २५ लाख भारतीयलाई नागरिकता दिइएको थियो, अहिले २५ लाखलाई दिइँदैछ,' उनले भनिन्, 'यो नेपालको स्वतन्त्र अस्तित्व समाप्त पार्ने प्रयास हो ।'त्यसैग सातमहिना अघि गठित सामाजिक लोकतान्त्रिक पार्टी (सालोपा)समेत दर्ता भएन ।  आयोगले नाम जुधेका चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल, सद्भावना पार्टी (आनन्ददेवी) र समाजवादी जनता पार्टीलाई अस्थायी रुपमा दर्ता गरेको छ । आयोगले गते वैशाख १७ गतेबाट दल दर्ता सुरु गरेको थियो । अन्तिम दिन जेठ १५ गते 'गणतन्त्र दिवस' परेकाले बिहीबारसम्म दल दर्ता गरिएका हुन् ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top