Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > Political

अध्यादेशमा टुङ्गो लागेपछिमात्र चुनावको मिति घोषणा

Thursday, 05.30.2013, 08:26pm (GMT+6.5)    | Comment | Print | Tell friend

जेष्ठ १६, काठमाडौं

उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन अध्यादेशमा सुझाव दिन कार्यदल गठन गरेको छ ।बिहीबार नयाँ बानेश्वरमा बसेको समितिको बैठकले चार दलबाट दुई-दुई जना प्रतिनिधि रहेको कार्यदल बनाइएको हो । कार्यदलमा एमाओवादीबाट कृष्णबहादुर महरा र खिमलाल देवकोटा, कांग्रेसबाट रामशरण महत र मिनेन्द्र रिजाल, एमालेबाट रघुजी पन्त र अग्नि खरेल तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट हृदयेष त्रिपाठी र जितेन्द्र देव छन् ।अध्यादेशमा टुङ्गो लागेपछिमात्र सरकारले चुनावको मिति घोषणा गर्ने समिति संयोजक एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिनु भयो । थ्रेसहोल्ड, फौजदारी अभियोग लागेका व्यक्तिको उम्मेदवारी र संविधानसभा सदस्य संख्या लगायतका विषयमा दलहरुबीच विवाद छ ।नेपाली कांग्रेस र एमालेले समानुपातिकतर्फ १ प्रतिशत मत ल्याउनैपर्ने र फौजदारी अभियोग लागेकाले उम्मेदवारी दिन नपाउने नयाँ प्रस्तावित कानूननको समर्थन गरेका छन् । दुई दलले ११ बुँदे राजनीतिक सहमति अनुसार संविधानसभा सदस्य संख्या ४ सय ९१ हुनुपर्ने अडान लिएका छन् । एमाओवादीले भने साना दलहरुले नमानेको भन्दै पूरानै कानूनअनुसार निर्वाचनमा जानुपर्ने अडान लिँदै आएको छ ।उच्चस्तरीय राजनीतिक समितिको अर्को बैठक जेठ २० गते तय भएको छ ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top