Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
Home > News > Political

मङ्सिरमा चुनाव हुन्छ : कोइराला

Sunday, 05.26.2013, 09:10pm (GMT+6.5)    | Comment | Print | Tell friend

जेष्ठ १२, काठमाडौं

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले जनतामा आएको उत्साहले मङ्सिरमा चुनाव हुने र निर्वाचनमा बाधा पुर्‍याउनेहरु आफैं समाप्त भएर जाने बताएका छन्। रिपोटर्स क्लब नेपालले आज सभापति कोइराला निवासमा चुनावी माहोल बनाएर छिटो निर्वाचन तिथि घोषणाका लागि दिएको ज्ञापनपत्र बुझ्दै सभापति कोइरालाले यदि समस्या समाधान हुन्छ र निर्वाचनका लागि आन्दोलनरत दल सबै आउँछन् भने मन्त्रिपरिषद्का अध्यक्षले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने बताए।  यदि समस्या समाधान हुन्छ र सबै पार्टीको चुनावमा सहभागिता हुन्छ भने प्रधानन्यायाधीशबाट राजीनामा दिएर के फरक पर्‍यो, राष्ट्रको परिप्रेक्ष्यमा उनले पनि त्याग गर्नु कुन ठूलो कुरा भयो र?” सभापति कोइरालाले भने। उनले नेपाली कांग्रेसले एक प्रतिशतको 'थ्रेस होल्ड' र ४९१ को संविधानसभाको सीट सङ्ख्याको अडानबाट आफूहरु पछि नहट्ने अडान दोहोर्‍याए। दलहरुबीच भएको एघारबुँदे सहमति र पच्चिसबुँदे बाधा अड्काउफुकाउ आदेशबाट पछि हट्नुहुँदैन, जनतालाई थ्रेसहोल्ड र सिट सङ्ख्याको आवश्यकता बुझाएर सहमतिमा पुगेर छिटो चुनाव मिति घोषणा गर्नुपर्छ, हामी त्यसका लागि लागिराखेका छौं,” सभापति कोइरालाले भने। उनले एनेकपा माओवादीले सहमति गरेपछि फेरि त्यसलाई फेर्ने कुरा गरेर अल्मलाएर राख्ने काम गर्ने गरेको बताउँदै उसले निर्वाचन नचाहेको आरोप लगाए। उहाँहरु (एनेकपा माओवादी  लाई चुनाव चाहिएको होइन, चुनाव त हामीलाई चाहिएको हो, मङ्सिरमा चुनाव हुन्छ र जनतामा आएको चुनावको उत्साहले नै सबैलाई ठेगान लगाउँछ,” कोइरालाले भने। सभापति कोइरालाले मोहन वैद्य, उपेन्द्र यादव, शरत्सिंह भण्डारी नेतृत्वका मुख्य दलसँग पनि छलफल र वार्तालाई तीव्रता दिएर चुनावमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै सहमति, सहकार्य र एकताको माध्यमबाटै ती दल सहभागी भएपछि अरु साना दल पनि चुनावमा सहभागी हुने विश्वास व्यक्त गरे। उनले पार्टीको विभाग गठनमा पूर्णता दिने क्रममा आएका गुनासालाई पनि मिलाउनुपर्ने बताए।  


रासस

Hot News

 

SEARCH

Newsletter

Top