Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > Political

सडकबाटै संविधान लेख्छौंर : वैद्य

Wednesday, 05.22.2013, 12:41am (GMT+6.5)    | Comment | Print | Tell friend

जेठ ७, काठमाडौं

नेकपामाओवादीका अध्यक्ष मोहन वैद्यले आफ्ना माग सुनुवाई नगरेमा आन्दोलनका बलमा सडकबाट संविधान लेखिने बताएका छन्। सहिद कृष्ण सेन 'इच्छुकको' स्मृतिमा निर्मित नाटक 'उनी मरेका छैनन्'को प्रदर्शनीको शुभारम्भ गर्दै अध्यक्ष वैद्यले २५ बुँदे बाधाअड्काउ फुकाउ खारेज नभएसम्म देशले निकास पाउन नसक्ने बताए। उनले भने, “गोलमेचसभा गरी दलहरूबीचबाटै नयाँ प्रधानमन्त्री चयन गरेर , विगतका कमी कमजोरी सच्याउँदै नयाँ संविधान लेख्ने प्रक्रियामा अगाडि बढाउनुपर्छ।अध्यक्ष वैद्यलेले २००७ सालको क्रान्तिदेखि नेपाली जनतालाई पटकपटक धोका दिइएको उल्लेख गर्दै फेरि पनि नेपाली जनतालाई धोका दिने षड्यन्त्र भइरहेको बताए। उनले नेपाली जनतालाई फेरि धोका दिइए त्यो आफूहरूलाई सह्य नहुने बताउँदै त्यसो गरिए सडकबाटै नयाँ संविधान बनाउँने र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने जिकिर गरे। इच्छुक बहुमुखी प्रतिभाका धनी भएको चर्चा गर्दै अध्यक्ष वैद्यले उहाँको शहादतले नेपालको वामपन्थी आन्दोलन र प्रगतिशील साहित्यको क्षेत्रमा अपुरणीय क्षति पुगेको धारणा राखे।


रासस

Hot News

 

SEARCH

Newsletter

Top