Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
Home > News > Political

अखिल क्रान्तिकारद्धारा स्ववियु उम्मेदवार घोषणा

Sunday, 05.19.2013, 07:37pm (GMT+6.5)    | Comment | Print | Tell friend

जेष्ठ ५, काठमाडौ‌

एमाओवादी निकट अखिल (क्रान्तिकारी)ले जेठ २३ गते हुने स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनका लागि देशैभरका क्याम्पसहरुमा अध्यक्षहरूको उम्मेदवार घोषणा गरेको छ ।आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी क्रान्तिकारीले देशभरका एक सय एघार वटा क्याम्पसमा अध्यक्षका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो । बाँकी क्याम्पसहरुको जेठ ९ गते सार्वजनिक गरिने क्रान्तिकारीले जनाएको छ ।क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मानुषीयमी भट्टराई, रत्न राज्य लक्ष्मी क्याम्पस, प्रदर्शनीमार्गमा सुरेन्द्र बस्नेत, अमृत साइन्स क्याम्पस, ठमेलमा दीपेश पुन, महेन्द्ररत्न क्याम्पस ताहाचलमा ध्रुवविक्रम वलीलाई अध्यक्षको उम्मेदवार घोषणा गरेको छ ।महेन्द मोरङ् क्याम्पस, विराटनगरमा देवानन्द यादव, महेन्द्र बहुमुखी क्याम्पस, भरतपुर दाङ्गमा प्रवीण शर्मा, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा सूर्य घर्ती, सानोठीमी क्याम्पस भक्तपुरमा गणेश बुढाथोकी, पृथ्वीनारायण क्याम्पस, पोखरामा गोविन्द केसी, बुटवल बहुमुखी क्याम्पसमा विमल गिरी, पाटन संयुक्त क्याम्पसमा हेम मोक्तान र जलजला क्याम्पस रोल्पामा तुकमान महराको नाम अध्यक्षको उम्मेदवारमा सार्वजनिक गरिएको छ ।क्रान्तिकारीले निर्वाचनमा तालमेलका लागि ११ विद्यार्थी संगठनसँग गरिएको सहमतिलाई कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 'हाम्रो संगठन अखिल (क्रान्तिकारी) सहित मुलकका जिम्मेवार ११ विद्यार्थी संगठनहरुको विचमा भएको तलमेल र कार्यगत एकता सम्वन्धी सहमतिप्रति हामी पूर्ण प्रतिवद्ध छौं,' पत्रकार सम्मेलनमा क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले भने ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top