Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > Political

अभिनेत्री र पोलिटब्यूरो सदस्य एमाओवादीमा प्रवेश

Saturday, 05.18.2013, 07:13pm (GMT+6.5)    | Comment | Print | Tell friend

जेठ, काठमाडौं

कलिउडकी चर्चित अभिनेत्री रेखा थापा तथा एमाले पोलिटब्यूरो सदस्य उर्मिला अर्याल एमाओवादीमा प्रवेश गर्नुभएको राजधानीको कोटेश्वरस्थित केन्द्रिय कार्यालयमा सनिबार विहान आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष पुष्पकमल दाहालले नेतृ अर्याललाई र अभिनेत्री रेखा थापालाई पार्टी प्रवेश गराउनुभएको छ कार्यक्रममा बोल्दै प्रचण्डले नायिका थापा अर्याल दुबैलाई क्षमताअनुसारको जिम्मेवारी दिइने बताउनुभएको एमाले नेतृ अर्याल २४ वर्षपछि एमाले छाडेर प्रचण्डको पार्टीमा फर्कनु भएको हो   रेखा पहिल्यैदेखि माओवादी निकट रहेको चर्चा चले पनि औपचारिकरुपमा पार्टीमा प्रवेश गर्न बाँकी थियो । उर्मिला अर्यालले एमालेमा सामन्तवाद र दक्षिणवाद हावी भएकाले सो पार्टी परित्याग गरेको उहाँको भनाई थियो । नेतृ अर्याल बुटवल महाधिवेशनबाट एमाले पोलिट्व्युरो सदस्यमा निर्वाचति हुनु भएको थियो । पार्टी अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारको पालामा उहाँ स्थानीय विकास मन्त्री समेत हुनुभएको थियो । कुनै बेला तत्कालिन नेकपा मसालको भगीनीसंगठनको अध्यक्ष रहनु भएकी अर्याल २०४८ सालमा एमालेमा प्रवेश गर्नुभएको थियो । कार्यक्रममा रेखा थापाले आफ्नो पूर्खाको रगतमा राजनीतिक रहेको बताउनुभयो


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top