Hot News
उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल ; नेपाली धावकहरुलाई हङकङमा सम्मान ; उम्मेद्वारलाई लक्षित गरि वम प्रहार घटना बढ्दाे, सुरक्षा चुनौती थपिदै ; चितवनमा वाम र लोकतान्त्रिक गठबन्धनको सबै चुनाव प्रचार स्थगित
Home > News > Political

३३ दलद्वारा विरोधका कार्यक्रम, आइतबारको बन्द फिर्ता

Monday, 05.13.2013, 07:39am (GMT+6.5)    | Comment | Print | Tell friend

वैशाख ३०, काठमाडौं

नेकपा-माओवादीसहितका ३३ दलले सोमबारका लागि आह्वान गरेको बन्द फिर्ता लिएका छन् । माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ती दलको बैठकले बन्द फिर्तालगायत विभिन्न निर्णय गरेको छ । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेर्ने कार्यक्रम तय भएकोछ।'भ्रष्टाचारीलाई अख्तियार प्रमुखमा नियुक्ति गरेको विरोधमा आयोजना गरिएको वैशाख ३० गतेको नेपाल बन्दको कार्यक्रम नेवारी समुदायको पर्वका कारणले स्थगित गर्ने,' ३३ दलकातर्फबाट माओवादी सचिव देव गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ । संवैधानिक परिषद्को सिफारिसमा बुधबार राष्ट्रपतिले विवादास्पद छविका लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गरेका थिए । ३३ दल सम्बद्ध जनवर्गीय संगठनहरूको तर्फबाट वैशाख ३१ गते बिहान ९ देखि ११ बजेसम्म अख्तियारको कार्यालयअगाडि विरोध प्रदर्शन गर्ने निर्णय बैठकले गरेको छ ।बैठकले जेठ १ गते सबै जिल्ला सदरमुकाममा जनसभा गरी मेची-काली राष्ट्रिय स्वाधीनता अभियान सुरु गर्ने निर्णय गरेको छ । विज्ञप्तिमा आप्रवासीलाई नागरिकता नदिइयोस् भनी खबरदारी गर्दागर्दै सरकारी घुम्ती टोलीले सुनसरी, बारा, सिरहालगायतका जिल्लामा भारतीयलाई नागरिकता दिएको उल्लेख गर्दै भनिएको छ, 'ती घुम्ती टोलीलाई अविलम्ब फिर्ता गरी विदेशीलाई नागरिकता दिन बन्द गरियोस् भनी सबै जिल्लामा जनप्रदर्शन र सभा गर्ने ।' जेठ १४ गते राष्ट्रिय स्वाधीनता अभियानको समापनमा कार्यक्रम काठमाडौंको खुल्लामञ्चमा जनप्रदर्शन गर्ने निर्णय बैठकले गरेको छ ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top