Hot News
सङ्गीतकार दिव्य खालिङको ११ औं स्मृति कार्यक्रम ; ओखलढुंगा एकता सेवा समाज मलेशियाको दोस्रो अधिवेशन सम्पन्न ; साढे ५ वर्षपछि चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने भारतबाट पक्राउ ; फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु
Home > News > Political

आन्दोलन गरेर कार्की हट्दैनन् : दाहाल

Thursday, 05.09.2013, 09:55pm (GMT+6.5)    | Comment | Print | Tell friend

वैशाख २६, काठमाडौ

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको बिरोध गरेर केही नहुँने बताउनु भएको छ ।राजधानीको वल्र्ड ट्रेड सेन्टरमा आयोजित राजनीतिमा महिला सहभागिता बिषयक कार्यक्रममा यस्तो बताउनु भएको हो । साथै उहाँले कार्कीको नियुक्ति सिफारिस चारै राजनीतिक शक्तिका चार नेताको सहमतिमा भएकाले एउटा पार्टीलाई मात्रै आरोप लगाउनु गलत भएको समेत बताउनु भयो ।विरोधका बीच विवादास्पद छविका कार्कीलाई अख्तियार प्रमुखको रुपमा राष्ट्रपति रामवरण यादवले बुधबार सथप ग्रहण गराउनु भएको थियो। संबैधानिक परिषद्ले आइतबार चार दललको सिफारिस बमोजिम उनको नाम राष्ट्रपतिकहाँ पठाएको थियो ।अध्यक्ष पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखका लागि धेरै नाममा असहमति भएपछि लोकमान कार्कीको नाममा सहमति जुटेको उहाँको भनाई थियो । 'दलका नेताबीच एक हप्ता लामो छलफलपछि कार्कीको नाम सिफारिस गरिएको हो, नाममा सहमति नभएपछि कार्कीको नाममा सहमति जुटेको हो ।' उहाँले चारै नेताले कार्कीको नाममा सहमति जनाएपछि आफूले उनको नाम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई बुझाएको बताउनु भयो ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top