Hot News
हङकङको ताईमोसानमा साकेला सोईढोले सोई, ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; किरातीहरूले कतारमा उभौली पर्व भव्यताका साथ मनाए ; एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने,
Home > News > Political

लोकमान नियुक्तिको सिफारिसको विरोधमा विद्यार्थीको प्रदर्शन

Tuesday, 05.07.2013, 06:04pm (GMT+6.5)    | Comment | Print | Tell friend

बैशाख २४, काठमाडौँ

पुर्वमुख्य सचिव लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गरिएको बिरोधमा आज पनि मुलुकका बिभिन्न स्थानमा प्रदर्शन भएका छन् । प्रमुख दल सम्बद्ध १३ बिद्यार्थी संगठनले आज बिहान मुलुकभरका क्याम्पस अगाडि एक घण्टा चक्काजाम गरेका छन् । कार्कीको सिफारिस फिर्ता नभए सम्म बिद्यार्थी संगठनले विरोधका कार्यक्रम जारी राख्ने बताएका छन् । जनआन्दोलनका दोषी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भविष्यमा सरकारी सेवामा अयोग्य ठहराएका कार्कीलाई संवैधानीक परिषदले अख्तियारको प्रमुखमा नियुक्तिकालागि सिफारिश गरेपछि बिद्यार्थी संगठन आन्दोलित भएका हुन् । नैतिक पतन भएका व्यक्तिलाई अख्तियारको प्रमुख आयुक्तमा सिफारिश गरिएको भन्दै पेशागत संघसंगठनहरुले पनि हिजैबाट बिरोधका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top