Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > Political

माओवादीले कसैसँग वार्ता नगर्ने

Saturday, 05.04.2013, 09:52pm (GMT+6.5)    | Comment | Print | Tell friend

बैशाख २१, काठमाडौँ

माओवादीका अध्यक्ष मोहन बैद्य किरणले राष्ट्रपति, वर्तमान सरकार, सरकारी वार्ता टोली चार दलीय संयन्त्रमध्ये कसैसँग वार्ता हुन नसक्ने बताउनु भएको छ रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा हाँले आफूहरुको मागको विषयमा कोही पनि टसकोमस नदेखिएकोले वार्ता सम्भव नभएको स्पष्ट पारेका हो।साक्षात्कारमा अध्यक्ष बैद्यले भन्नु भयो  'उच्चस्तरीय राजनीतिक समितिको हैसियत छैन। समितिको कुरा मान्दैनौँ भनेर सरकारका मन्त्रीले नै भनिसके। यो सरकारको हामीले बर्खास्तीको माग गरेका छौँ त्यसैले यिनीहरुसँग वार्ता हुनै सक्दैन, राष्ट्रपतिसँग चाहिँ अनौपचारिक रुपमा वार्ता गर्न सकिन्छ तर औपचारिक वार्ता हुँदैन।'तर आफूहरुले अघि सारेको चार दलबीच भएको ११ बुँदे, राष्ट्रपतिले जारी गरेको २५ बुँदे बाधा अड्काउ फुकाउ, वर्तमान सरकारलाई बर्खास्त गरेर गोलमेच सम्मेलन मार्फत दलको नेतृत्वमा सरकार बनाउने माग पुरा गर्ने विषयमा सकारात्मक देखिए वार्ता हुने सम्भावना भने कायमै रहेको बैद्यको भनाइ थियो।

आफूहरुको माग पुरा नभएसम्म निर्वाचनमा भाग लिने विषयमा सोच्न पनि नसकिने भन्दै बैद्यले यथास्थितिमा हुने चुनावमा भाग नलिइ बहिस्कार गर्ने बताउनु भयो अध्यक्ष  बैद्यले अहिलेको सबै प्रक्रियामा विदेशी शक्तिहरुको चलखेल हात रहेको दाबी गर्दै चार दलीय कार्यदलको बैठक बसिरहेको बेला भारतीय राजदुत जयन्तप्रसाद जानु, अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरले चुनावमा नगए कानूनी कारबाही गर्नु पर्ने भनि दिएको अभिव्यक्ति, त्यस्तै अमेरिका यूरोपेली युनियनले चुनावमा जान दबाब दिइरहेको घटना त्यसको प्रमाणको रुपमा भएको दाबी  समेत गर्नु भयो

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा नेकपामाओवादीसँग तालमेल हुने भनि दिएको अभिव्यक्ति प्रति आक्रोश व्यक्त गर्दै हाँले कुनै पनि हालतमा एमाओवादीसँग तालमेल सम्भव नभएको बताउनु भयो।उहाँले भन्नु भयो , 'प्रचण्ड झुक्याउन भ्रम छर्न माहिर छन्। उनले यो अनावश्यक भ्रम छरेका हुन्। हामी चुनावमा भाग नै लिँदैनौँ भन्दैछौँ। अनि चुनावमा तालमेल कसरी हुन्छ?'प्रचण्डको भारत भ्रमणलाई मालिक रिझाउने प्रयासको संज्ञा दिँदै अरुण तेस्रो बुझाउने योजनाले त्यो प्रष्ट भएको दावी गर्नु भयो

 
 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top