Hot News
किरातीहरूले कतारमा उभौली पर्व भव्यताका साथ मनाए ; एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने, ; हङकङमा सुनुवारहरुको उभौली सालिवा ष्याँदर ; हङकङ निबासी टिनएजर ऋषिले जिते मेडल मङ्गोलियामा, ; यस्तो छ ताजा परिणाम
Home > News > Political

३३ दलद्वारा निर्वाचन आयोग घेराउ

Friday, 05.03.2013, 10:33pm (GMT+6.5)    | Comment | Print | Tell friend

वैशाख २०, काठमाडौ

वर्तमान सरकार चार दलको सहमति बिरोधमा आन्दोलनरत नेकपा-माओवादी सहितका ३३ दलले शुक्रबार निर्वाचन आयोग अगाडि प्रदर्शन गरेको छ । उनीहरुले आयोगको गेट कान्तिपथमा बिहान ९ बजेदेखि ११ बजेसम्म धर्ना र घेराउ गरेका थिए धर्नाका कारण त्यस क्षेत्रको ट्राफिक झन्डै ३ घण्टा अस्तव्यस्त बनेको थियो उनीहरुले निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु खारेजी हुनुपर्ने, प्रधानन्यायाधीश नेतृत्वको सरकारको विघटन तथा सरकार गठनका बेला चार दलबीच भएको सहमति अनुसार राष्ट्रपतिद्वारा जारी २५ बुँदे बाधा अड्काउफुकाउ आदेश खारेजीको माग गरेका छन् । ३३ दलले आफूहरुको माग पूरा नभए निर्वाचन आयोगमा दल दर्ता नगाराउने निर्णय समेत गरिसकेको छ  ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top