Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
Home > News > Political

संघीय समाजवादी चुनावमा सहभागी हुने

Wednesday, 05.01.2013, 10:57pm (GMT+6.5)    | Comment | Print | Tell friend

वैशाख १८, काठमाडौं

संघीय समाजवादी पार्टी, नेपालले आफ्नो राजनीतिक माग सम्बोधन भएमा चुनाव सहभागी हुने जनाएको छ । आफ्ना ६ बुँदे मागसहित सरकारसित बुधबार भएको दुई पक्षीय वार्तापछि उक्त प्रक्रिया दिएको हो ।बबरमहलस्थित शान्ति कोष सचिवालयमा भएको वार्तामा सरकारको तर्फबाट गृहमन्त्री माधव घिमिरे, सञ्चारमन्त्री माधव पौडेल र स्वास्थ्य मन्त्री विद्याधर मल्लिक तथा प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा सहभागी हुनुहुन्थ्यो । त्यसैगरी उक्त पार्टीको तर्फबाट महासचिव श्रेष्ठको नेतृत्वको वार्ता टोलीमा उपाध्यक्षद्वय गोपाल ठाकुर र दानबहादुर विश्वकर्मा तथा उपमहासचिव राधा तिमिल्सिना सहभागी हुनु हुन्थ्यो ।उक्त पार्टीले आफ्नो मागको पहिलो बुँदामा तीन दल र मधेसी मोर्चाको चारपक्षीय सिन्डिकेटबाट गत फागुन मसान्तमा भएको ११ बुँदे सहमति खारेज हुनुपर्ने भनेको छ । त्यसैगरी राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउन गरिएको असंवैधानिक संविधान संशोधन आदेश खारेज हुनुवर्ने, वर्तमान राजनीतिक गतिरोधको अग्रगामी निकास सर्वदलीय राजनीतिक सम्मेलनको सहमतिको आधारमा खोजिनु पर्ने भनेको छ । त्यस्तै विगतमा संविधानसभामा सहेका समानुपातिकतर्फको प्रतिनिधित्व संख्या, अनुपात र प्रतिनिधित्व सम्बन्धी व्यवस्था कार्यमै राखिनुपर्ने, जनगणनाको नयाँ तथ्यांकका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने र  विदेशमा रहेका नेपाली नागरिले आगमी संविधान सभाको निर्वाचनमा आफू रहेकै देशमा मतदान गर्न पाउने व्यवस्था मिलाउनु पर्ने माग राखेको छ ।सञ्चारमन्त्री माधव पौडेलले छबुदे माग सरकारसँगमात्र सम्बन्धित नरहेकोले अन्य पक्षसँग छलफल गर्ने बताउनु भयो । विदेशमा रहेकालाई सम्बन्धित मुलुकबाटै मतदानको व्यवस्था गर्न भने तत्काल सम्भावना नरहेको मन्त्री पौडेलले जनाउनु भयो । महासचिव श्रेष्ठले सरकारले आफ्ना मागलाई सम्बोधन गर्न नगरेसम्म निर्वाचन आयोगमा दल दर्ता गर्ने/नगर्नेबारे निर्णय नहुने बताउनु भयो ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top