Hot News
ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित ; २६ जिल्लामा जनजीवन अस्तब्यस्त
Home > News > Political

दाहालले भारतसँग पुराना कुरा नगर्ने

Saturday, 04.27.2013, 07:23pm (GMT+6.5)    | Comment | Print | Tell friend

वैशाख १४,काठमाडौं

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा पुराना असहमतिको बिषयमा कुरा नगर्ने बताउनु भएको छ । उहाँले आफू पार्टी अध्यक्ष भएपनि राष्ट्रको प्रतिनिधीको रुपमा भारत जान लागेको प्रतिक्रिया दिनु भएको छ ।भारत भ्रमण जानूअघि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले चीन भ्रमणमा राखेजस्तै भारतसँग आर्थिक एजेन्डमा छलफल गर्ने बताउनु भयो ।'चीनलाई राखेको जस्तै आर्थिक विकासको कुरा राख्छु, राजनीतिक र आर्थिक वातावरण सकारात्मक बनाउन जान लागेको हुँ ।' आगामी संबिधान सभा निर्वाचनको लागि सहयोग जुटाउनु पनि आफ्नो भ्रमणको उद्देश्य रहेको उहाँको भनाई थियो ।उहाँले चीन-नेपाल र भारतबीचको त्रिदेशीय साझेदारीको कुरा रणनीतिक भिजन भएकाले यसलाई दुई पक्षीय सहकार्य नकारेको रुपमा नबुझ्न आग्रह समेत गर्नु भयो । उहाँ ४:२५ बजेको जेट एयरवेजबाट दिल्ली जानु भएको छ ।दाहालसँग पत्नी सीता, एमाओवादी नेता कृष्णबहादुर महरा र सहयोगी शिव खकुरेल छन् ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top