Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > Political

निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गर्न हुँदैन : अध्यक्ष खनाल

Saturday, 04.27.2013, 07:22pm (GMT+6.5)    | Comment | Print | Tell friend

वैशाख १४,काठमाडौं

नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले संविधानसभाको निर्वाचनको माहोल तयार हुँदै गएकाले निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गर्न नहुने विचार व्यक्त गरेका छन् । उनले भने, 'राजनीतिक समस्याको सामाधान गर्ने एकमात्र माध्यम निर्वाचन हो, निर्वाचनको अर्क विकल्प छैन, अतः सबै पार्टीले निर्वाचनमा भाग लिनुपर्छ।'नयाँ कृषि अभियान कृषि सहकारी संस्था प्रालिको प्रारम्भिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष खनालले निर्वाचनलाई कसैले पनि रोक्न नसक्ने बताए । सहकारी नै विपन्न जनताको जीवनस्तर माथि उठाउने माध्यम भएकाले आफू प्रधानमन्त्री भएको समयमा सहकारी प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम ल्याएको उनले उल्लेख गरे । नयाँ कृषि अभियान कृषि सहकारी संस्था प्रालिका अध्यक्ष वामदेव गौतमले कृषि सहकारीमार्फत उनीहरुको जीवनस्तर माथि उठाउन संस्थाले काम गरिराखेको जानकारी दिए । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानसभाको निर्वाचनमा जनताको घरघरमा पुग्न कार्यकर्तालाई आग्रह गरे ।


रासस

Hot News

 

SEARCH

Newsletter

Top